नेकपा एमाले, काठमाडौं क्षेत्र नं. ४ को चुनावी सभा सम्पन्न
संविधानसभा निर्वाचन २०७० को प्रचारप्रसारको अन्तिम दिन मंसीर १ गते प्राय ः सबै पार्टीहरुले आफ्नो अन्तिम चुनावी सभा सम्पन्न गरेका छन् । यसै क्रममा नेकपा एमाले काठमाडौं क्षेत्र न ४ ले बृहत् मोटरसाइक ¥याली सहित चाबहिल गणेशस्थानमा चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमालेकी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष विद्यादेवी भण्डारी, एमाले क्षेत्र नं. ४ का अध्यक्ष कुसुमकुमार कार्की, एमाले काठमाडौं अध्यक्ष तथा प्रत्यक्षका उम्मेदवार निर्मल कुइकेल लगायतले सभालाई सम्बोधन गरेका थिए ।
सभामा बोल्दै एमाले उपाध्यक्ष भण्डारीले स्थानीय जनताको घरदैलोमा बसेर जनताको काम गर्दै आएका, प्रमुख तीन दलका उम्मेदवारमध्ये सबैभन्दा कान्छा युवा उम्मेदवार, पार्टी भित्रका विवादरहित उम्मेदवार निर्मल कुइकेल जस्तो उम्मेदवार पाउनु यस क्षेत्रको लागि गर्वको विषय भएको बताउँदै यसभन्दा अघिल्ला चुनावमा आपूmलाई भोट हाल्ने सबै मतदाताले निर्मल कुइकेललाई पनि जिताउने आफ्नो विश्वास रहेको दाबी गरेकी छिन् ।
[youtube url=”http://youtu.be/V6NMW-Yap5s”]
त्यसैगरी एमाले प्रत्यासी कुइकेलले आजसम्मको चुनावी सरगर्मी हेर्दा यस क्षेत्रमा एमाले अगाडि रहेको तर बाँकी २ दिनको मौन अवधिमा प्रतिस्पर्धीहरुले विभिन्न आश्वासनमा मतदातालाई प्रभाव पार्ने गतिविधि गर्नसक्ने हुँदा सजग रहन सचेत गराउनुभएको छ । यसपल्टको चुनावी कार्यक्रम अति नै व्यस्त रहेको हुँदा यदि कोही मतदाताको घरमा आपूm आउन नसकेको भए आफ्नै सन्तान सम्झेर क्षमा गर्नुहुनेछ भन्दै जुनसुकै अवस्थामा यस क्षेत्रको विकासमा आपूm लागिरहने प्रतिबद्धता पनि कुइकेलले प्रकट गरेका छन् ।
[heading]क्षेत्रकै इतिहासमा भव्य मोटरसाइकल ¥याली ।[/heading]
यसअघि कपनको साततलेस्थित पाथिभरा टोलबाट शुरु भएको प्रचारात्मक मोटरसइकल ¥याली यस क्षेत्रको इतिहासकै भव्य भएको छ । कम्तीमा पनि पच्चीस सय मोटरसाइकल ¥यालीको भव्यताको यथार्थ अनुमान लगाउन कपन गुम्बामुनिको सडक पुग्नुपर्ने हुन्थ्यो । कपनका विभिन्न क्षेत्र हुँदै चुनिखेल, महाँकाल, चपली, गोल्फुटार, सुकेधारा, चाशहिल, पशुपति, गौशाला, रातोपुल, मैतिदेवी, नक्साल हुँदै चाबहिलमा टुंगिएको ¥यालीको अन्तिम मोटरसाइकल कपन गुम्बामा हुँदा शुरुको मोटरसाइकल राममन्दिर, आकाशेधारा, हुँदै बालुवाखानीको महाँकाल र कपन गाविसको सीमानामा पुगिसकेको थियो ।