नेपालमा समाजसेवा फिलिपिनी राजकुमारीको संस्था र जाम्लिंग बुद्ध फाउन्डेसन विच सम्झौता

नेपालमा समाजसेवा फिलिपिनी राजकुमारीको संस्था र जाम्लिंग बुद्ध फाउन्डेसन विच सम्झौता

कपन अनलाइन

काठमाडौँ ,पौष २८ ।

विस्वका विभिन्न देशमा समाजसेवामा सक्रिय सहेको संस्था WE CARE FOR HUMANITY (WCH)  र जाम्लिंग बुद्ध फाउन्डेसन विच नेपालमा विविध क्षेत्रमा कार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ६ मा रहेको सांग रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वि केयर ह्युमानिटिका तर्फ बाट फिलिपिनी राजकुमारी मारिया लीयोनारो टोरेस र जाम्लिंग बुद्द फाउन्डेसनका तर्फ बाट रिप्म्पोचे ग्रुरु फुर्वा दोर्जेले हस्ताक्षर गरेका थिए  ।

अमेरिकाको लास एन्जेलसमा केन्द्रिय कार्यालय रहेको WCH ले नेपालमा अव शिक्षा ,स्वास्थ्य ,मनोरन्जन लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ।

हाल प्रारम्भिक सम्झौता भएको र विस्वका अन्य देशमा जस्तै नेपालमा पनि विभिन्न क्षेत्रमा सो संस्थाले काम गर्ने सो अवसरमा जानकारी गराईएको थियो।

सो अवसरमा बोल्दै फिलिपिनी राजकुमारी मारियाले नेपाल र नेपाली उत्कृस्ट रहेको र उनीहरुको लागि सेवाभावले काम गर्न पाउदा निकै खुसि लागेको बताएकी थिइन्  ।

त्यस्तै गुरु रिम्पोचे फुर्वाले उक्त अवसरमा बोल्दै सम्पूर्ण मानव जातिको हितमा निस्वार्थ समाजसेवाको कार्यका लागि राजकुमारीलाई धन्यवाद दिदै नेपालमा कार्यसफलताका लागि धन्यवाद दिएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।