सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाका विभिन्न क्लवहरुका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ,पुस २४। प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाको वडा नं.१ देखि वडा नं.८ र वडा नं.१३ का विभिन्न क्षेत्रमा कार्यरत विभिन्न युवा क्लवहरुका प्रमुखहरुसँग शान्ती सुरक्षा, सरसफाई, लगायतका विविध विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं ३ को सामुदायिक प्रहरी सेवा केन्द्रमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बुढानीलकण्ठ वडा नं १ देखि ८ र १३ का सामाजिक क्षेत्रहरुमा लगातार विभिन्न किसिमका कार्यहरुलाई अझै व्यवस्थापन गर्दै प्रभावकारी बनाउनका लागि सो छलफल कार्यक्रम राखिएको थियो। वडा नं १ देखि ८ र १३ का क्लवहरुको प्रतिनिधित्व गरी करिव ४० देखि ५० जनाको उपस्थिति रहेको थियो।
नगरपालिकाभित्र शान्ति सुरक्षा कायम गर्नका लागि, नगरपालिकाको फोहोरमैला व्यवस्थापन तथा सरसफाईका बारे उचित व्यवस्था गरिनुपर्ने र साथमा हाल बढ्दै गएको मध्यपान गरि सवारी साधन चलाउने जस्ता निकै ध्यानाकर्षण गराउने खालका विषयमा केन्द्रित रहेर यस समस्याहरुलाई न्यूनिकरण गर्न प्रहरी लगायत क्लवहरुको दायित्व रहने र यस विषयलाई लिएर उपस्थितहरुबिच अन्तरक्रिया गरिएको बुढानीलकण्ठ नगरपालिकाको प्र.नि. भूपेन्द्र गिरीले जानकारी दिए। क्लबहरुको साथमा हरेक व्यक्तित्वहरुको पनि उत्तिकै महत्वपूर्ण दायित्व रहने उनले बताए।
उक्त साझेदारी कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ प्रहरी प्रभागद्वारा नगरकार्यपालिका लगायत विभिन्न निकायहरुसँग विभिन्न जानकारीमूलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।
फोटो सौजन्य: बिएसजी