बुढानिलकण्ठका सामुदायिक विध्यालयमा व्यवस्थापन समिति गठन वारे के भन्छन नेकपा अध्यक्ष रबिन अधिकारी ?
कपन अनलाइन
काठमाडौं ,पौष २४ ।
नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले नगरपालिका भित्रका बिध्यालयको शैक्षिक अवस्था र त्यहाँ गठन हुने ब्यवस्थापन समितीहरुका वारेमा गम्भीर चासो र गहिरो चिन्ता व्यक्त गरेका छन।
नगरपालिका भित्रका सबै बिध्यालयहरुमा ब्यवस्थापन समिती गठनको पहल शुरु भैरहेको अवस्थामा नेकपाका नेता अधिकारको यो चासो र चिन्तालाई निकै अर्थपुर्ण रूपमा लिइएको छ।
बुढानिलकण्ठ नगरपालिकाका सबै बिध्यालयहरुको ब्यवस्थापन समितीमा प्रतिनिधित्व गर्नका लागि शैक्षिक सुधार र ठोस कार्ययोजना ल्याउने सक्षम ब्यक्ति चयन गर्न आफुले नगरपालिकालाई आग्रह गर्ने अधिकारीले बताएका छन।
नगरपालिकाका केही वडामा बिध्यालय ब्यवस्थापन समिती राजनितीक सहमतिमा गठन गर्ने प्रयास भएको आफुले सुनेको र सो प्रक्रिया गलत रहेको बताउदै अध्यक्ष अधिकारीले प्रचलित नियम , ऐन र नियमावली अनुसार शैक्षिक संस्थाको ब्यवस्थापन समिती गठन हुनुपर्ने बताएका छन।
स्थानीय तहको निर्वाचन भएको २ वर्ष बितिसकेको र निर्वाचित जनप्रतिनिधि रहेको अवस्थामा पुरानो राजनितीक सहमतिको रटान गरिरहनु नपर्ने भन्दै अधिकारीले पार्टीको निति र हितको अधिकतम संरक्षण गर्नुपर्ने आफ्नो दायित्व रहेको बताए ।
नेकपा बुढानिलकण्ठका अध्यक्ष अधिकारीले वर्तमान शिक्षा ऐन र नियमावलीमा उल्लेख गरिएका बिध्यालय ब्यवस्थापन समिती गठन सम्बन्धि नियम र बिधीको मार्गनिर्देशनमा रहेर बिध्यालय ब्यवस्थापन समिती गठन गर्नुपर्ने धारणामा आफू स्पस्ट रहेको भन्दै आफ्नो पार्टी बाट निर्वाचित जनप्रतिनिधिलाई सोही अनुसार निर्देशन दिने बताएका छन।
विधि नियम र मापदण्ड नहेरी आफ्नै पार्टीका नेता तथा कार्यकर्ता बेमौसमी दौडमा लागेपछि आस्चर्यमा परेका अधिकारीले पार्टीको स्पस्ट र औपचारिक धारणा व्यक्त गर्दै नगर शिक्षा समितीलाई सहजीकरण र पहल कदमीका लागि आव्हान समेत गरेका छन।
वर्तमान शिक्षा नीतिको ११.३ मा उल्लेख भएको अधिकार र प्रावधान प्रयोग गर्दै बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयको व्यवस्थापन र शैक्षिक विकास हुनु पर्ने आफ्नो अडान रहेको बताउदै अध्यक्ष अधिकारीले नगरपालिकालाइ यस्ता महत्वपूर्ण विषयमा सहयोग र सहजीकरण गर्ने स्पस्ट संकेत दिएका छन।
यसै विषयमा नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डङोलले विध्यालय भनेको देशका भावी निर्माता उत्पादन गर्ने कारखाना भएकोले त्यस्को अधिकतम हित गर्ने ब्यक्ति छनौट गर्नुपर्ने बताएका छन।
उनले वर्तमान शिक्षा नीति र ऐनले ब्यवस्था गरेको प्रावधान अनुरुप बिध्यालयले शिक्षक प्रतिनिधि छान्दा विधि सम्मत रूपमा शिक्षक भेला बाट छान्नु पर्ने बताउदै अभिभावक प्रतिनिधि पनि बिध्यालयका गतिविधि नियमित अनुगमन र वर्तमान समयको शैक्षिक परिवेश बुझेको हुनुपर्ने बताएका छन।
त्यस्तै डङोलले स्थानीय तहले पठाउने प्रतिनिधि पनि शिक्षा बुझेको र वर्तमान समयको शैक्षिक आवस्यकतालाई मनन गर्दै त्यही अनुसार सल्लाह र योजना दिन सक्ने ब्यक्ति छनौट गर्दा राम्रो हुने बताएका छन।
केवल राजनितीक भाग्बन्डालाई मात्र आधार बनाएर बिध्यालय ब्यवस्थापन समिति गठन गर्दा सामुदायिक बिध्यालय निजि सङ प्रतिस्पर्धा गर्न नसक्ने देखिएकोले त्यो स्तरमा सामुदायिक बिध्यालय पुर्याउन सक्ने ब्यक्तित्व छनौटमा आफ्नो जोड हुने बताउदै सचिव डङोलले यसमा नगर शिक्षा समितिको विशेष भुमिका हुनुपर्ने बताएका छन।