नगरका प्रमुख बिद्या सुन्दर शाक्यद्वारा कामनपा वडा नं- १० स्थलगत भ्रमण

नगरका प्रमुख बिद्या सुन्दर शाक्यद्वारा कामनपा वडा नं- १० स्थलगत भ्रमण

कपन अनलाइन

काठमाडौँ,पुस २४।  काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा १० क्षेत्रका टोल र गल्लीहरुको अवस्था, पूर्वाधारको आवश्यकता र वडाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी लिन स्थलगत भ्रमणका  गरेका छन्।

उनले भ्रमणका क्रममा वडा क्षेत्रको पूर्वाधार तथा सामाजिक बिकासका काममा रकमको चिन्ता नगर्न आग्रह गरेका छन्।

 स्थानीय अवस्था हेर्न उनि बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, देवीनगर, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्कलगायतका क्षेत्रमा पुगेका थिए । मेयर शाक्यले यस अघि यसै गरी वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अवलोकन तथा अनुगमन गरिसकेका छन् ।

वडाध्यक्ष रामकुमार केसी, वडा सदस्यहरु सतिस तण्डुकार, नरोज अर्याल, सुनिता भित्रकोटी, रोहिनी श्रेष्ठ, वडासचिव प्रकाश खड्का, पूर्वाधार बिकास बिभागका प्रमुख डा. उत्तरकुमार रेग्मीसहित सम्बन्धित टोलका स्थानीयसँग मेयर शाक्यले सम्पन्न काम र अबको आवश्यकताका बिषयमा कुरा गरेका थिए ।

सम्पन्न कामलाई संस्थागत गर्न र बाँकी कामलाई योजनाबद्ध सम्पन्न गर्न आवश्यक छ । त्यसैले स्थानीय बिकास आवश्यकता बुझ्दैछु । मेलम्ची खानेपानी बिस्तार, सडक बिस्तारका क्रममा सडक खन्ने र भत्किने भएपछि जनतामा सास्ती बढेको छ । यो काम रोक्न पनि मिल्दैन । त्यसैले समस्या कम गर्ने हाम्रो योजना हो, उनले भने सडकका खाल्टाखुल्टी पुर्ने, सहायक बाटाहरु भत्किएको ठाउँमा तत्काल मर्मत गर्ने, पैदल मार्ग बनाउने काम अब महानगर आफैंले गर्नेछ । स्थलगत भ्रमणका क्रममा नागरक जिम्मेवारीका बिषयमा पनि कुरा भएका थिए ।

फोटो सौजन्य: काठमाडौँ अनलाइन

तपाइँको प्रतिक्रिया ।