निदाएका सपनाहरू !
कपन अनलाइन
काठमाडौं,पुस १८/ तिलक पोख्रेल
रक्तामय भई
आत्माहरूको थोपाथोपाले
जन्मिएको इतिहास
निद्रामा मस्त भएको छ
सहिदहरूको आँसुहरूले
श्रद्धाञ्जलीको भिख माग्दैछ
किनभने
उनिहरूको सपना निद्रामै
छट्पटाइ रहेको छ
के देखेर लेखे इतिहास
के बनेको छ हकिगतमा
फर्कन नखोजेको सपना
कता निदाएको छ ?
प्रिय बन्धु…..
इतिहास फोटामा हैन
मनमा झु्ड्याउनु पर्छ
श्रद्धाञ्जली मालाले हैन
पौरखले दिनुपर्छ
तर्पण पानिले हैन
पसिनाले दिनु पर्छ
र
निदाएको सपनालाई
ब्यूँझाउनु पर्छ …
(म्यान्मार)
तपाइँको प्रतिक्रिया ।