प्रेमको फूल चढाऔँ !

प्रेमको फूल चढाऔँ !

कपन अनलाइन

काठमाडौं, पुस १८/ बिक्रम श्रेष्ठ “सागर”

करुणा र प्रेम छ जहाँ,
आत्मारुपको दर्शन छ त्यहाँ !
सत्य बोध र सोच छ जहाँ,
शान्ति प्राप्तीको पथ छ त्यहाँ !!

दिव्य ज्ञान सद्गुरु ज्ञान,
पाप नाशन हो यो मान !
ब्रह्मज्ञान दिगम्बर ध्यान,
साधना तपले ठान !!

ज्ञान नै प्राण हो, ईश्वर जान,
ब्रह्मनिष्ठले गरेर ध्यान !
शाश्वत नाममा छ स्पन्दन,
सुगन्धमा नै फूलको प्राण !!

नाघी अब, सब बाधा अड्चन,
साधना पथमा अगाडि बढौँ !
जीवन हो यो पूजन थाली,
स्मृतिमा प्रेमको फूल चढाऔँ !!

तपाइँको प्रतिक्रिया ।