बुढानीलकण्ठ देखि टोखासम्म भ्रमण वर्ष २०२० सफल पार्नका लागि वाकाथनको आयोजना हुँदै
कपन अनलाइन
काठमाडौं, पुस १४। बुढानीलकण्ठ देखि टोखासम्म भ्रमण वर्ष २०२० सफल पार्नका लागि वाकाथनको आयोजना हुने भएको छ।
नेपालभित्र भ्रमण गर्नका भ्रमणका लागि महत्वपूर्ण तथा सम्भावित १०० वटा गन्तव्य स्थलहरु समेत तोकिएका छन्। बुढानीलकण्ठ नगरपालिकामा रहेको बुढानीलकण्ठ मन्दिर परिसर पनि सो १०० गन्तव्य स्थलहरु मध्य एक रहेको छ।
सोहि विषयलाई मध्यनजर गर्दै र भ्रमण वर्षलाई सफल बनाउनका लागि पर्यटन प्रवर्द्धन गर्नका लागि सन् २०२० को पहिलो तारिख अर्थात ज्यानुयरी १ मा बुढानीलकण्ठ मन्दिर देखि टोखासम्मको वाकाथनको आयोजना हुन लागेको हो । प्रदेश ३ क्षेत्र नं ५ का सांसद दिपक निरौलाको अगुवाइमा सो कार्यक्रमको आयोजना हुन लागेको हो।
बुढानीलकण्ठ मन्दिर देखि शुरु हुने उक्त वाकथुनमा करिब ७०० भन्दा बढीको सहभागिता रहने आयोजक समितिका प्रदिप डङ्गोलले जानकारी दिए ।
उक्त कार्यक्रममा बाह्य तथा आन्तरिक पर्यटकहरुको सहभागिता रहने र उनिहरुको विषेश स्वागतको पनि व्यवस्था रहेको आयोजकको भनाई रहेको छ । बुढानीलकण्ठ नगरपालिका तथा टोखाबाट मात्र नभई अन्य क्षेत्ररबाट समेेेत सहभागी हुन सक्ने निरौलाको भनाई रहेको छ। बुढानीलकण्ठ नगरपालिकाभित्रका विभिन्न संघसंस्था, विद्यालय लगायत अन्य विभिन्न निकायहरुबाट कार्यक्रममा सहभागीता जनाउने छन् ।
कार्यक्रमका लागि साईकल यात्रुहरुले यात्राभरि स्कटिङ गर्ने समेत व्यवस्था रहेको छ।
फोटो सौजन्य: बिएसजी