विगत ४ बर्ष देखी मलेसियामा बेपत्ता लिल बहादुर तामाङ

विगत ४ बर्ष देखी मलेसियामा बेपत्ता लिल बहादुर तामाङ

कपन अनलाइन

ओखलढुंगा, पुस १४। आदित्य मगर /

चम्पादेवी गाउँपालिका वडा नं ३ पिपलडाडा,राटामाटाका २४ बर्षिय लिल बहादुर तामाङ विगत ४ बर्ष देखी बेपत्ता भएका छन् ।

वैदेशिक रोजगारीको लागि ६ बर्ष अघाडी मलेसिया गएका उनी २ बर्ष सम्म निरन्तर घर परिवार संग सम्पर्कमा रहेका उनी ४ बर्ष देखि सम्पर्क बिहिन छन् ।राजधानी तिलगंगा स्थितको (jobless) ओभरसिज क.लि बाट मलेसिया गएका उनी मलेसियामाको राजधानी क्वालालम्पुर स्थितको(Fungicure)कम्पनीमा कार्यरत रहेकोे थियोे।सोही कम्पनीमा तलब नपाएपछि उनी कम्पनी छोडेर कामको खोजी गर्दै भौतारिहदा उनी आफै बेपत्ता भएको उनको साथी बिजय तामाङले बताए।

घर,परिवार आफन्त साथीभाई र सामाजिक संजाल सबै तिर सम्पर्क बिहिन भएपछी उनको खोजी गरियो तर कुनै उच्च पहुँच र माध्यम नहुदा उनको खोजीमा केहि पत्तो नलागेको उनका दाई खिल बाहादुर तामाङले बताए। उनको घरमा बृद्ध आमा,श्रीमती,६ बर्षको छोरा र दाजुभाइहरु रहेका छन्।

पहाडी जिल्लाको दुर्गम गाउँ सामान्य परिवार भौगोलिक अवस्थाले पनि पाखो भिरालो पानीको अति नै अभाव, सुख्खा जमिनका कारण अति नै कम उब्जनी हुने ठाउँ र निकै कमजोर आर्थिक अवस्था रहेका परिवारमा जिम्मेवारी सदस्य नै बेपत्ता हुदा झनै अन्त्यन्तै पीडामा छन्।

छोरा बिदेश जादा उनका आमा मंगली माया तामाङले सुख संग बाच्ने सपना देखेकी थिइन् तर आज त्यही सपना छोरा बेपत्ता हुदा चिन्ताले सपना देख्ने गरि पनि निदाउन सक्नु भएको छैन । उमेरले झन्डै ७४ बर्ष पुगेका मंगली माया तामाङ भन्छिन् “१२ बर्षमा खोलि त एकदिन फेरिन्छ्न भन्छ्न,खै! मेरो छोरा पनि एक दिन त अवश्य फर्किएलान नि”,भनेर आखा भरी आशु झार्दै पिढिको दिलमा बसेर छोराको अनन्त पर्खाईमा बाकी जिन्दगी बिताईरहेकी छिन्।उनि आशु पुछ्दै भन्छिन्  “छोरा लाई परदेश हैन परको देश पठाएको रहेछु,”उहा फेरी आत्तीदै

भन्छिन् मेरो छोरा कतै अप्ठ्यारोमा पो परेको छन् कि?बिरानो देशमा फेरी कसैले केहि पो गरिदियो कि?”छोरा जहा भएपनी कम्तीमा केहि खबर मात्रै पाएको भए मन बुझाउने बाटो त हुन्थ्यो। बेपत्ता छोराको बारेमा मंगली मायालाई कुरा गर्दा घाउमा नुन छर्के जस्तै हुन्छ, झनै भक्कानिएर रुदै लामो स्वास फेर्दै भन्छिन्”मेरो उमेर डाडा माथीको घाम जस्तै भैसक्यो एकपल्ट छोरालाई नभेटी मरिन्छ भन्ने चिन्ता छ, छोरालाई भेट्ने आश स्वास रहुंन्जेली सम्म छ।”छोरा तिमि जहा जस्तो अवस्था भएपनी एकदिन अवश्य फर्की आउ है! तिम्रो बाटो सधै कुरिरहने छु भनेर भाबुक भइन् ।

उनले आफ्नो छोरालाई खोजिदिन सवैलाई अनुरोध गरेका छन् । यता श्रीमती कमला तामाङको पनि हृदबिदारक र कहालिलाग्दो वेदनाहरु छन् आखामा सुन्दर भबिस्यका सपनाहरू बोकेर रहरलाग्दो उमेरमा मलेसियामा उडेका श्रीमानलाई सम्झदै कमला माया तामाङ आखामा आशुका परेलाहरुमा आशुलाई थाम्दै हजारौं पिडाहरु दर्साइन्। रहर लाग्दो,कल~कलाउदो उमेरमा भएको बिहे अनि श्रीमान संग बिताएका ति जिन्दगीका अविस्मरणीय क्षणहर अनि मलेसिया शहरको गगननचुम्बी भवनहरुको अघाडी मुसुक्क मुस्कुराउदै खिचिएको तस्बिरहरुले मन सधै छियाछिया बनाई रहेको बताउछिन।

उनि भन्छिन “श्रीमान परदेशमा हराए पनि मेरो माया र समर्पण कहिल्य हराएको छैनन्।धेरै पैसा कमाएर परिवारलाई खुसीको उज्यालो छर्ने आश देखाएर गएको श्रीमान सम्पर्क बिहिन हुदा उनको जिन्दगी अध्यारो भुमरीमा परेको छ।श्रीमान बिदेश जादाको ऋण, साहुको किचकिच अनि आफ्नो परिवारलाई दुई छाक जोड्नलाई धौधौ परेको छ,उनी परिवारको घर खर्छ जुटाउन सिल्खुबेशी,पसल्टार, भर्यांङ,मकुवाबेसि लगायतका खेतपाती, मेलापाटहरुमा काम गरेर जिविका चलाउदै आइरहेकि छिन् ।

सामान्य गाउँघरमा जन्मिएकी उनलाई श्रीमानलाई खोज्न संबंधित निकाय सम्म गएर खोजी गर्ने सक्ने स्थिति छैन।उनि भन्छिन ” श्रीमान संग सम्पर्क बिहिन हुनु पर्ने त्यस्तो केहि पारिबारिक कारण थिएनन् उहाँ आफै अप्ठ्यारोमा पर्नु भएको हुनसक्ने उनको बुझाई छ।वैदेशिक रोजगारिको क्रममा बिदेशमा बेपत्ता भएको कारणहरु धेरै छन् सामान्य रुपमा बेपत्ता हुनुको मुख्य कारण जेलमा पर्नु,दुर्घटनामा पर्नु,परस्त्रीसंग प्रेममा पर्नु,पारिवारिक मनमुटाव हुनु,बिदेशमा मृत्यु हुनु आदि हुन् सक्छन् यस क्रममा नेपाली कामदारका होनहार युबाहरु दिनानुदिन बेपत्ता,जेल जिवन, अपंगता,फासी सजाय, आदि भोगिरहेका छन् तर देशको सम्बन्धित निकायहरु सधै मौन छन् ।

तपाइँको प्रतिक्रिया ।