शंखरापुर नगरपालिकामा प्रसिद्ध शालिनदी मेला व्यवस्थापनका लागि तयारी बैठक

शंखरापुर नगरपालिकामा प्रसिद्ध शालिनदी मेला व्यवस्थापनका लागि तयारी बैठक

कपन अनलाइन

काठमाडौं, पौष १०। शंखरापुर नगरपालिका द्वारा यही पौष २५ गतेदेखि शुरु हुने प्रसिद्ध शालिनदी मेला व्यवस्थापनका लागि  बुधबार सरोकारवालाहरूसँग छलफल गरेका छन्।  शंखरापुर नगरपालिकाका प्रमुख  सुवर्ण श्रेष्ठले शालिनदीमेला तयारी बारे छलफल गर्न सरोकारवालाहरु बिच बैठक डाकेका हुन नगर प्रमुख को कार्यकक्षमा भएको को सो तयारी बैठकमा नगर प्रमुख सुवर्ण श्रेष्ठ सहित उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ ,श्री माधबनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समिति, जनक जानकी धर्म कर्म सेवा संघ, महानगरीय प्रहरी प्रभाग, इलाका प्रशाशन कार्यालय, शंखरापुर ब्यापार समुह र फोहरमैला ब्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

बैठकमा श्री माधबनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष गोबिन्द बहादुर श्रेष्ठले समितिले गरिरहेको मेला तयारी बारे जानकारी गराएका थिए  । समितिले स्नान पोखरीको लागि स्थायी रुपमा ड्याम निमार्ण गरेको र खोलामा आवत जावत गर्न फलामे पुलको ब्यवस्था ,ब्रतालुहरु बस्ने स्थानलाई ब्यवस्थित गरेको र मेला अवधिका चिया नास्ता पसलहरुमा मुल्य सुचिको ब्यवस्था गर्न पहल गरिरहेको जानकारी गराएका थिए  । शालिनदीमेलाका क्रममा २५ देखि ३० लाख सम्म भक्तजनहरु आउने भएकोले ब्यवस्थापनमा जतिलता देखिने गरे पनि सबै सरोकारवालाहरु बिच समन्वय गरेर समितिले काम गरि रहेको समितिका महासचिब लक्ष्मी प्रसाद श्रेष्ठले जानकारी दिए ।

बैठकमा  ब्यापारीहरुले  जथाभावी रकम असुल गर्ने हुँदा  शंखरापुरकै बदनाम हुने भएकोले मुल्य सुचिमा कडाई गर्दै नियमित रुपमा अनुगमन गर्न बैठकका सहभागिहरुले सुझाब दिएका थिए । मेलाका क्रममा आउने भक्तजनहरुलाई समेत असर पर्ने गरि छाडा रुपमा बस्ने  माग्नेहरुलाई नियन्त्रण गरिने  नगर प्रमुख सुवर्ण  श्रेष्ठले बताए । तोकिएको स्थान बाहेक जथाभावी मागेर बस्नेहरुले   जथाभावी फोहोर गनुका साथै मेलामा आउने भक्तजनहरुलाई बाधा समेत पुग्ने भएकोले यस बर्ष त्यस किसिमको गतिबिधि हुन नदिने बताए । उनले भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर नगरपालिकाले हेल्पडेक्स र सुचना केन्द नगरपालिका परिसरमै स्थापन गरिने  पनि बताए । साथै मेलाका क्रममा रिङ हान्ने लगायतका निशेधित खेलहरु पुर्णरुपमा निशेध गरिने पनि बताउदै मेला अवधि भरको फोहोर मैला ब्यवस्थापनको लागि थप जनशक्ति परिचालन गरेर भएपनि काम गर्न फोहोर मैला ब्यवस्थापन समितिलाई आग्रह  गरेका थिए ।

त्यसै गरि फोहोरको पैसामात्र उठाउने तर फोहोर संकलन नगरिदिने गुनासोहरु आएको बताउदै शंखरापुर पालिकाका उप प्रमुख  शुक्र लक्ष्मी श्रेष्ठले फोहोर मैला ब्यवस्थापनमा बिषेश ध्यान दिएर काम गर्नु पर्ने बताइन ।बैठकमा फोहोर मैला ब्यवस्थापनका प्रतिनिधिले आफुहरु संग स्रोत र  जनशक्ति कम भएकोले समिति वा नगरपालिकाबाट थप केही आर्थिक सहयोग प्राप्त भए दिनदिनै फोहोर संकलन गरेर लान सकिने बताएका थिए ।  उनीहरुले आफुहरु संग भएको १६वटा डस्टविन समिति संगको सहकार्यमा आवश्यक स्थानहरुमा राखेर फोहोर संकलन गरिने जानकारी दिएका थिए । बैठक  गाडि तथा पार्किङ्गको ब्यवस्थापनको सबन्धमा सोमबार पुनः छलफल गरिने भएको छ ।

फोटो : नवराज गुरुङ

तपाइँको प्रतिक्रिया ।