शान्तिको चाहना !

शान्तिको चाहना !

कपन अनलाइन

काठमाडौं, पुस ४। डा. अरुण अधिकारी/कविता

कविता लेख्छु आज एउटा बहानामा ।
बाँचिरहेको छु म शान्तिको चाहनामा ।
शान्ति प्रिय यो देशमा कस्को आँखा लाग्यो ।
जस्ले गर्दा देशबाट शान्ति टाढा भाग्यो ।

फेरि कैले जन्मने हुन् शान्ति दुत बुद्ध ।
बनाउने यो देश शान्त सम्पन्न शुद्ध ।
डर धम्की त्रासमा डुबी हाँसी रहेछु ।
शान्तिको चाहनामा अझै बाँचिरहेछु ।

शान्तिको यो देशमा कुरा मात्र भएछ ।
कलम हुने हातमा छुरा पो रहेछ ।
शान्ति खोज्ने सबैलाई छ शुभकामना ।
मन्मा सधै रहनेछ शान्तिको चाहना ।

शान्ति ल्याऊँन आज नै हामी प्रण गरौं ।
यस्कैलागि हामी बाँचौ यस्कैलागि मरौं ।
मान्छेको मनमा शान्ति, चाहाना जगाऊँ ।
अशान्ति देश बाटै अति टाढा भगाऊँ ।

तपाइँको प्रतिक्रिया ।