सुरभिको १११ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न

सुरभिको १११ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, मंसिर २२ ।सुरभि साहित्य प्रतिष्ठानले १११ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरेली साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष साहित्यकार रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’को प्रमुख आथिय्ता थियो । अन्य अतिथिहरूमा महेन्द्र चालिसे, कात्यायन, अच्युत चालिसे रहेका थिए ।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रममा सुशील आचार्य, विद्यासागर इ.बो. स्कुलकी छात्रा वर्षा खड्का, पवित्रा अधिकारी, कान्छाप्रसाद तिवारी, मेनका पोखरेल आचार्य, शारदा पराजुली, अच्युतप्रसाद चालिसे, रमेश भट्टराई ‘पुजारी’, महेशकुमार वाग्ले, परशुराम पराशर, कात्यायन, कुशुम शर्मा, महेन्द्र चालिसेले कथा–लघुकथा वाचन गरेका थिए भने प्रमुख अतिथि रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’ले निबन्ध वाचन  गरेका थिए ।

कार्यक्रममा सानी बालिका रेजिस्का आचार्यले सन्देशमूलक गीत गाएर पुरस्कार प्राप्त गरीन। पुरस्कार  प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले दिएका थिए ।

वाचित कथाहरूको समीक्षा उद्घोषक परशुराम पराशले वाचनपछि लगत्तै गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिले सुरभि साहित्य प्रतिष्ठानले रमेश विकल जस्तो आख्यान पुरुषको क्षेत्रमा यसरी अविरल मासिक कार्यक्रम गरी आख्यान वाचन गराउनु र सुलेख जस्तो आख्यान प्रधान मासिक पत्रिका प्रकाशन गराउनु रमेश विकलप्रतिको सम्मान भएको बताए ।

तपाइँको प्रतिक्रिया ।