“बुढानिलकण्ठ शिवपुरी हाइकिङ्ग कार्यक्रम २०७६” सम्पन्न
कपन अनलाइन
काठमाडौं ,मंसिर २१।नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बुढानिलकण्ठ नगरपालिका वडा न.३ को आयोजनामा “बुढानिलकण्ठ शिवपुरी हाइकिङ्ग कार्यक्रम २०७६” सम्पन्न भएको छ ।
कार्यक्रमलाई वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले वडा कार्यालयमा रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था बाट २५४ जना सहभागीले बुढानिलकण्ठ देखि विष्णुद्वार सम्म्को यात्रा गरेका थिए। वडा कार्यालयले प्रत्येक सहभागीलाई बिहानको नास्ता,टिसर्ट ,नेपालको झण्डा वितरण गरेको थियो ।साथै टुपेक कृषि सहकारी संस्थाले सबै सहभागीहरुलाइ चाउचाउ र मिनिरल वाटरको व्यवस्था समेत गरेको थियो ।
हाइकिङ्ग कार्यक्रमका व्यवस्थापक दिपु बस्नेतका अनुसार २५४ जनाले शिवपुरी मा एकसाथ हाइकिङ्ग गरेको यो पहिको पट्क रहेको र यस किसिमको कार्यक्रमले बुढानिलकण्ठ :शिवपुरीमा पर्यटन प्रवद्रनमा विशेष मदन पुग्ने कुरा बताएका छन । कार्यक्रममा विध्यार्थी युवा,संघसंस्थाका प्रतिनिधि समेत गरि ६७ वर्षको जेष्ठ नागरिकले समेत विष्णुद्वार सम्मको यात्रा पुरा गरेका थिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उत्तरी भेग र नगरमै पहिलो पट्क आयोजना भएको यस हाइकिङ्ग कार्यक्रमले देश भरी नै आन्तरिक र ब्राह्य पर्यटन प्रवद्द्न गर्न स्थानीय क्षेत्रको प्रचारले सकारात्मक भुमीका खेल्ने कुरा वडा न.३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले बताएका छन ।