ज्ञानप्रकाश एकेडेमी बुढानिलकण्ठ -११ का सृजनशील छात्र गोविन्द खत्री
कपन अनलाइन
काठमाडौं, मंसिर २१।
काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ज्ञानप्रकाश एकेडेमीमा अध्यनरत छात्र गोविन्द खत्री मेधावी र सृजनशील छात्र हुन्। खत्रीको बि. स.२०६० जेष्ठ १५ गते ओखलढुंगा जिल्ला चम्पादेवी गा. पा. वडा नं. ४ मा जन्म भएको हो ।
सानै दैखी पढ्न र खेल्न तन, मन र धन लगाएर पढ्नुका साथै खेलकुद र मनोरन्जनात्मक क्षेत्रमा रुची राख्ने उनले धरै सम्मान र पुरस्कार पाएका छन ।
काठमाडौं जिल्लाको आयोजनामा एन प्यावसक प्रतियोगितामा प्रथम स्थान , प्यावसक क्यटगोरी प्रथम स्थान , वडा तथा नगरपालिकाले आयोजना गरेको विभिन्न कार्यक्रममा विभिन्न स्थानमा सफल भएका छन्न।
घर परिवार, शिक्षक, शिक्षिका, छर छिमेक, शिक्षक निशान पुडासैनी र साथीभाई प्रेणाका स्रोतका रुपमा बताउने खत्री अध्ययन र खेलकुद क्षेत्रलाई निरन्तरता दिने, राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडि बनी देशमा उल्लेखनीय योगदान पुर्याउने लक्ष्य राखेको धारणा व्यक्त गर्दछन।
बिधालयले आज सम्म गरिरहेको साथ सहयोगको पछिल्लो समय सम्मा अपेक्षा, क्षमतावान खेलाडि निर्माणका लागि खेलकुद कक्षाको संचालन गर्ने आफ्नो भविस्यको योजना बताउने खत्री आफ्नै मेहनत र लगनशीलताले गर्दा, खेलकुद तथा शैक्षिक क्षेत्रमा तन, मन र धन लगाएर खेल्ने र अध्ययन गर्ने भएकाले ताथ खेल प्रेमि शिक्षक निशान पुडासैनी सर तथा उहाको टिमको सहयोगले गर्दा आफु सफल भएकोधारणा राख्दछन ।
बिधालयका सहायक प्रधानध्यापक निशान पुडासैनीले बिधालयको बिध्यथीप्रतिको धारणा ब्यक्तगर्दै अध्ययनका साथ साथै खेलकुद मनोरञ्जनात्मक क्रियाकलापमा निरन्तरता दिन र बिधालय बाट पाउने सेवा सुविधा बाट कुनै पनि अवस्थामा बन्चित नगरिने साथै विधार्थीको शैक्षिक , खेलकुद र मनोरञ्जननाथ्मक क्रियाकलापको बिकासको लागि खत्रीलाई शुभकामना व्यक्त गरेका छन ।