डीजी सर्भिस सप्ताहको अवसरमा लायन्स र लियो क्लब अफ बिराटनगर सिटि द्वारा जनचेतनामूलक कार्यक्रम
कपन अनलाइन
बिराटनगर,मंगसिर १७ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स र लियो क्लब अफ बिराटनगर सिटिले २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार लायन्स क्लब र लिओ क्लब अफ बिराटनगर सिटीले डिसेम्बर १ का दिन बिबिध कार्यक्रम आयोजना गरेको थियो ।
बिराटनगर स्थित एडेन स्कुलमा विश्व एड्स दिवसको अवसर परेर एड्सको बारेमा बिद्यार्थीहरुलाई एड्सको बारेमा जानकारी प्रदान गरिएको थियो। एचआईभी र एड्सको प्रभावकारी रोकथाम, उपचार हेरचाह र सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउन र जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिएको छ । एड्स आफैँमा रोग होइन । वर्तमान अवस्थामा मानिसहरुले एच.आई.भी.एड्स रोगलाई पहिलेको तुलनमा सामान्य रुपमा लिन थालेको छ । उक्त कार्यक्रममा बिद्यार्थीहरुलाई एड्स रोग लाग्नुको कारण ,कसरि बच्न सकिन्छ लगायतको बारेमा जानकारी प्रदान गरिएको थियो ।
सोहि दिन बिद्यार्थीहरुलाई चाइल्ड क्यान्सरको बारेमा पनि जानकारी प्रदान गरिएको थियो बालबालिकामा क्यान्सर लागेको पहिलो चरणमा नै सही पहिचान गर्न सकिए निको पार्न सकिने र हाम्रो जस्तो गरिब देशमा पिडित बालबालिकालाइ समयमा नै उपचार उपलब्ध हुन सके क्यान्सर रोग बाट अकालमा मृत्य बाट बचाउन सकिने लगायतको बिषयमा जानकारी गराएका थिए ।त्यसै गरि सोहि दिन व्यक्तिगत सरसफाई लगायतको समेत जनचेतनामूलक कार्यक्रम गरिएको थियो भने चित्रकला प्रतियोगिता समेत संचालन गरिएको लायन्स क्लब अफ बिराटनगर सिटिका प्रेसिडेन्ट लायन घनश्याम पोखरेलले जानकारी गराए ।