लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीको बृहत रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, मंगसिर १८। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीले मंगलबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार नेपाल रेड क्रस सोसाईटीको प्राबिधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल अपांग संघ नारायणटार चोकमा बिहान १० बजे देखि चलेको उक्त रक्तदान कार्यक्रम अपरान्ह २ बजे सम्म चलेको थियो। उक्त रक्तदान कार्यक्रममा करिब ५५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल एम जे एफ सिनियर एड भाइजर लायन महेश आचार्य ,चिफ फेस्टिभल लायन राकेश चक्रधर, स्पेसल एडभाइजर लायन श्रीचन केसी, जोन चियर पर्सन लायन सुनिता पाण्डे भण्डारी, सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज), लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्तमान प्रेसिडेन्ट लायन ठण्ड राज ठकुरी(राजन),लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीका बर्तमान प्रेसिडेन्ट लायन गंगालाल श्रेष्ठ लगायत क्लबका पदाधिकारी सहित रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल एम जे एफ सिनियर एड भाइजर लायन महेश आचार्य ,चिफ फेस्टिभल लायन राकेश चक्रधर, स्पेसल एडभाइजर लायन श्रीचन केसी, जोन चियर पर्सन लायन सुनिता पाण्डे, लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्तमान प्रेसिडेन्ट लायन ठण्ड राज ठकुरी(राजन),लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीका बर्तमान प्रेसिडेन्ट लायन गंगालाल श्रेष्ठ लगायतले रक्तदान गरेकोमा रक्तदातालाइ धन्यबाद दिदै प्रसंशा पत्र प्रदान गरेका थिए।
डिस्ट्रिक ३२५ अन्तर्गत रहेका विभिन्न क्लब मध्ये सामाजिक कार्यमा निकै सक्रिय रहेको लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीले यसअघि विभिन्न स्थानमा स्वास्थ्य शिविर गर्दै हंगर फिडिंग मेला पर्वमा शुद्द पिउने पानी वितरण, मधुमेह परिक्षण र जाडोमा न्यानो कपडाको साथै सामुदायिक बिध्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ।
फोटो: सरोज बस्नेत