उपप्रधान तथा रक्षामन्त्री पोखरेलद्वारा द्रूतमार्गको निरीक्षण

उपप्रधान तथा रक्षामन्त्री पोखरेलद्वारा द्रूतमार्गको निरीक्षण

कपन अनलाइन

काठमाडौं ,मंसिर १४।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं तराई मधेस द्रूतमार्गको निरीक्षण गरेका छन्। द्रूतमार्ग निरीक्षणका क्रममा शुक्रबार मन्त्री पोखरेलले सडक निर्माणमा खटिएका नेपाली सेनाका कमाण्डरहरूसँग पनि छलफल गरेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

पोखरेलले मक्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ स्थित जिरो प्वाइन्टको स्थलगत निरीक्षण गरिएको जंगी अड्डाले जानकारी दिएको छ। निरीक्षणका क्रममा पोखरेलले निर्माण कार्यको बारेमा विस्तृत जानकारी लिएका थिए। उनले राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका थिए।

द्रुतमार्ग समयमा नै सम्पन्न गर्न के के समस्या छन् भनेर निरीक्षणका क्रममा पोखरेलले जिज्ञासा राखेका थिए। निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीहरू, अर्थ मन्त्रालयका सहसचिव, सम्बन्धित क्षेत्रका विज्ञ र नेपाली सेनाका अधिकृतको समेत सहभागिता थियो।

तपाइँको प्रतिक्रिया ।