मेरो जीवनको लक्ष्य!

मेरो जीवनको लक्ष्य!

कपनअनलाइन

काठमाडौं, मंसिर १३। रूपा त्रिपाठी/ कविता

अँधेरी रातभरि दीपज्योति जलाउँदै
सुनौलो जीवन लक्ष्यको उज्ज्वल गीत गाउँदै ।

उड्दै छु बताससँगै हृदय हर्षित भई
कुनै पवित्र तीर्थको यात्रा गर्दै ।

जहाँ छ अन्धकार त्यहाँ म चम्किदिने छु
अन्यायका विरुद्धमा न्याय दिन लम्किदिने छु ।

मुटुभरि पीडा र यातना भए पनि
सधैँभरि न्याय दिन अघि अघि लम्किरहने छु ।

उठाइदिन्छु आबाज ती बस्ती बस्तीहरूमा
छरिदिन्छु अमृत विशाल छाप यही धरतीमा ।

न्यायलाई नै सधैँभरि अँगालिरहने छु
अन्यायका विरुद्धमा सधैँ आबाज उठाउने छु ।

यसरी नै आफ्नो कर्तव्य पूरा गरी
सबै नेपालीको अमर व्यक्ति बन्ने छु ।

तपाइँको प्रतिक्रिया ।