गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा  रक्तदान कार्यक्रम सम्पन्न

कपनअनलाइन

काठमाडौं, मंसिर ९ ।  गरिमाविकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७गते शनिबार देशका विभिन्न ११स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान,सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदानकार्यक्रम सम्पन्न गरेको हो । उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिट भन्दा बढी रगत संकलन भएको छ । विकास बैंकलेआफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । २०७६ मंसीर ६गते सम्म विकास बैंकले करिब ३६अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।