गोकर्णेश्वर नगरपालिका ६ मा हाम्रो सुनौलो संसार नामक बाल आश्रम भवनको शिलान्यास सम्पन्न
कपन अनलाइन
काठमाडौं मंगसिर ८ ।हाम्रो सुनौलो संसार नामक बाल आश्रमको भवन निर्माण को लागि मङ्सिर ४ गते गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको हातबाट भवनको शिलान्यास भएको छ। भवन गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित चामुण्डा मन्दिरको छेउमा बन्ने भएको हो ।
उक्त शिलान्यास कार्यक्रम का प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका का प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महाधिवेशन प्रतिनिधि युवा नेता दिपक रिसाल, नेपाल दलित बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि ,विद्यार्थी नेता तथा हाम्रो सुनौलो संसार बाल आश्रमका प्रमुख संरक्षक समेत रहेका राजु सुनार, महाधिवेशन प्रतिनिधि दुर्गा बराल, त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रकी केन्द्रिय अध्यक्ष रेखा अर्याल, युवा नेताहरु लाल बहादुर लामा, दिपक लामा, जयराज भण्डारी, लाक्स श्रेष्ठ, लायन्स क्लब का जोन चियर पर्सन अच्युत बिष्ट, जनजाती संघ क्षेत्र नं ३ का अध्यक्ष साम्देन लामा, युवा परिचालक पाल्देन लामा, समुनत महिला मंचकि अध्यक्ष सोमा खत्री , सांग्रीला स्कुलका प्रीन्सिपल कुमार घिमिरे , बौद्ध मेरिडियन स्कुलका प्रीन्सिपल हरि लामा, भाइस प्रीन्सिपल ब्रज किशोर बत्स, कलाकार गायिका सरस्वती लामा, लोक दोहोरी प्रतिष्ठान काठमाडौं जिल्ला अध्यक्ष मिना बज्राचार्य, महिला हकहित सहयोगी संस्थाकि अध्यक्ष अनिता चौलागाईं लागायत स्थानीयको उपस्थती रहेको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष मेनुका कोइरालाले गरेकी थिइन् भने कार्यक्रम संचालन सुबास बराइलीले गरेका थिए। करिब ३२ लाख को लागतमा निर्माण गर्न लागिएको उक्त हाम्रो सुनौलो संसार भवन निर्माण समिती तथा संस्थाका कार्यसमितिहरुलाई पनि कार्यक्रमका प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले खादा लगाएर शुभकामना दिएका थिए ।हाम्रो सुनौलो संसार भवन निर्माण समिती तथा संस्थाका कार्यसमितिका पदाधिकारीहरु निम्न रहेका छन्।
प्रमुख संरक्षक – राजु सुनार
अध्यक्ष – मेनुका कोइराला
उपाध्यक्ष – लक्ष्मी बस्नेत
सचिब – सुबास बराइली
कोषाध्यक्ष – सुरेश काजि श्रेष्ठ
सदस्य – रोशनी कोइराला
सदस्य – दिपेन्द्र कोइराला
सदस्य – रबिन्द्र कोइरला