अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज द्वारा सुनौलो पाइला संस्था लाईआर्थिक सहयोग प्रदान
कपन अनलाइन
काठमाडौं मंगसिर ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा संचालित सुनौलो पाइला संस्थामा आश्रय लिइरहेका बालबालिकाहरुको उज्ज्वल भबिष्यको कामना सहित उनीहरुको लागि गत शनिबार अन्तराष्ट्रिय बाल अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले आर्थिक सहयोग गरेको छ ।मंगसिर ४ गते शनिबार बिहान सुनौलो पाइला संस्थामा पुगेर मानव अधिकार तथा शान्ति समाजले नगद रु १५ हजार ६ सय रुपैया संस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजलाइ प्रदान गरेको थियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी शान्ति समाजका इश्वर पुडासैनी, लगायतको उपस्थिति रहेको थियो ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा सुनौलो पाइला संस्थाका बिशाल भण्डारीले संस्थाको बारेमा जानकारी गराएका थिए। उनले संस्थामा हाल १४ जना बालबालिका रहेको जो नेपालको प्राकृतिक प्रकोप लगायत बिभिन्न बिपत्तिका अभिभावक गुमाएका गरिब तथा सहारा बिहिन पिडित बालबालिकाहरुको भबिष्य उज्ज्वल बनाइ देशको असल नागरिक बनाउने उदेश्य सहित संस्था खोलिएको बताए। उनले संस्थामा आश्रय लिईरहेका बालबलिकाहरुमा धेरै सुधार आएको र उनीहरुको पढाई पनि राम्रो हुदै गएको बताउदै त्यसले आफुहरुलाई थप उत्साहित बनाएको बताए। उनले संस्थालाई सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्यले काम गरिरहेको शान्ति समाजले सकेसम्म राहत कार्यमा पनि योगदान गर्दै आइरहेको बताए । शान्ति समाजका तर्फबाट सहयोग गरिएको रकम उत्तम पुडासैनी, रामकृष्ण बराल, जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, किरण ढकाल, सुरज बोहरा, विकास थापा, गोविन्द पुडासैनी, दिवाकर पुडासैनी र हरिभक्त पुडासैनीको सौजन्यबाट प्राप्त भएको समेत जानकारी गराए ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजले समाजिक कार्यमा हात आगाडि बढाएको प्रति मानव अधिकार तथा शान्ति समाजलाइ धन्यवाद दिएकी थिइन् । उनले सामाजिक कार्य गर्न सजिलो नभएको बताउदै सामाजिक सोँचाई भएका ब्यक्तिहरुको सहयोगले नै सामाजिक काममा थप प्रेरणा मिलेको उनको भनाई रहेको थियो।