गजल !

गजल !

कपनअनलाइन

काठमाडौं,मंसिर ६।तिलक पोखरेल/

लगन चाहिएको हो र मन पाउनलाई
कति कुद्यो भाग्य, मन्दिर धाउनलाई

समानता त प्रकृतिले गोप्य दिएरैछ
कसरी जान्यो भीखारी गीत गाउनलाई

एउटा बाहना मात्र चाहिएको रै छ कठै
जिन्दगीबाट सास छोडी हराउनलाई

अपेक्षाको उपमा त प्रकृतिले सिकायो
पर्खनु पर्छ असोजले अग्रज साउनलाई

मूर्ति त म दलितले नै बनाएको हुं धेरै
तर किन रोकियो फेरी मन्दिर आउनलाई
(म्यान्मार)

तपाइँको प्रतिक्रिया ।