नेपाल !

नेपाल !

कपनअनलाइन

काठमाडौं,मंसिर ६। ओस्कार काफ्ले/ कविता

विभिन्न जातजातिका मानिस बस्छन् यहाँ
हरेक कामका लागि मिहिनेत गर्छन् यहाँ
नेपाललाई सगरमाथाको उचाइमा पुर्याउन
पसिनाको नदी बग्छन् यहाँ ।

नेपाललाई सगरमाथाको उचाइमा पुर्याउन
कयौँ मानिस सहिद भएर मर्छन् यहाँ
कोही अघि बढ्छन् यहाँ
कोही झरनाझैँ छङछङ गरी झर्छन्
तर, सबै मिलेर देश बनाउँछन् यहाँ ।

आमाको पछाडि लुके जस्तै
पहाडको पछाडि लुकेर
सफा पानी झर्छ यहाँ
भ्रष्टाचार हराएर नयाँ नेपाल बन्छ यहाँ ।

आफ्नो देशको शिर उँचो गर्न
विश्वको अग्लो हिमाल यहाँ ।

 

तपाइँको प्रतिक्रिया ।