कालो रङ्ग !

कालो रङ्ग !

कपनअनलाइन

काठमाडौं,मंसिर ६।  सरोजा पोखरेल/कविता

रिसाउनेकै मुख कालो,
अनुहार कालो,
घुंग्रिएको मेरो कपाल पनि कालो,
रिसाउँदाकी म, रात झैँ कालो,
तर सफेद मुहारभित्रको तिम्रो त्यो नियत झन कालो,
रात त्यसलाई कालो, जो रातमा निदाउँछ
म त दिउँसै निदाई दिन्छु, मेरो त दिन नै कालो
आँखा चिम्लीएर हेर,
तिमी सबैलाई एउटै देख्छौं
हो त्यो सबै एक देख्ने
समानताको रंग हो कालो
अझै बयान गरुँ म कालोलाई ?
विरोध चिन्ह भनी झुण्डाउने त्यो टालोलाई
विरोध गरीएका कुराहरु जब परिवर्तन हुन्छ
हो त्यो परिवर्तनको रंग पनि कालो
म सेतोमा मैलो देख्छु
सेतोमा कालैले लेख्छु
निलो, रातो, हरियो, या पहेलों जुनसुकै रंग होस्
रंगलाई ढंग दिने रंग हो कालो

 

तपाइँको प्रतिक्रिया ।