पत्रकार पकाउप्रति घोर आपत्ति
कपन अनलाइनधनाड्य विनोद चौधरीका छोरा निर्वाण चौधरीमाथि लेखिएको समाचार फेशबुकमा प्रकाशित गरेको भनेर गरिएको उजुरीमा पत्रकार दिनेश अचार्यलाई प्रहरीले प्रकाउ गरिएको प्रति नेपाली संचारमाध्यमले आपत्ति जनाएको छ । इन्टरनेटमार्फत आफ्नो चरित्रहत्या भयो भनेर गरिएको उजुरीमा कारबाही गर्दै प्रहरीले शेयरबजार साप्ताहिकका सम्पादक आचार्यलाई प्रकाउ गरेको हो । २ महिना अघि प्रकाशित भएको समाचारलाई आचार्यले आफ्नो फेशबुक एकाउण्टमा स्टाटस बनाएपछि निर्वाण चौधरीले उजुरी गरेका थिए । पत्रिकामा प्रकाशित समाचारलाई इन्टेरनेटमा हालेपछि इन्टरनेटमार्फत आफ्नो चरित्रहत्या भएको आरोप चौधरीले लगाएका हुन् ।
पत्रकार आचार्यको पक्राउसँग नेपाली पत्रकारिता जगत चिन्तित भएको छ । संचारमाध्यम तथा संचारकर्मी बारेको अनुगमन र कारबाहीको कानुनी अधिकार नेपाल प्रेश काउन्सिल हुँदाहुँदै फौजदारी स्वरुपका मुद्धा बनाउन लागिएकोमा संचार जगत चिन्तित भएको हो । संचार क्षेत्रमा काम गर्ने सबै संघसंस्थाले बिरोध गरिरहेको बेलामा अनलाइन पत्रकार संघले पत्रकारलाई त्रुटीपूर्ण कानुनको शिकार बनाइएकामा घोर आपत्ति जनाएको छ । संघका अध्यक्ष के.पि. ढुंगानाले आज एक विज्ञप्ति प्रकाशित गरि घटना नियोजित र संकास्पद भएको जनाएका छन् ।
त्रुटीपूर्ण कानुनी दफाको व्याख्या गरि पत्रकारलाई नियोजित रुपमा फसाउने कार्यप्रति कपन अनलाइन खेद व्यक्त गर्दछ ।