बंगलादेशकी प्रधानमन्त्री हसिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेटबार्ता
कपन अनलाइन
काठमाडौं ,मंग्सिर १।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले नेपालसँग ऊर्जा र यातायात सञ्जालको विकासमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई)मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भएको भेटमा प्रधानमन्त्री हसिनाले जनताबीचको सम्बन्ध विकास गर्न सम्पर्क सञ्जालहरुको विकास गर्नुपर्ने बताइन् ।
‘दुबई एयर शो’मा भाग लिन त्यहाँका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणमा शनिवार दुबई पुगेका उपप्रधानमन्त्री पोखरेलसँग आइतबार प्रधानमन्त्री हसिनाको भेट भएको हो ।
भेटका क्रममा उपप्रधानमनत्री पोखरेलले ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्य हुन सक्ने भन्दै प्रत्यक्ष वैदेशिक लगानीका लागि आग्रह गरेको पोखरेलका प्रमुख स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।