गजल !

गजल !

कपनअनलाइन

काठमाडौं,कार्तिक २९ ।  अनिता भण्डारी (पौडेल)/गजल

संसार जित्न सक्ने नारीहरु अब घरभित्र नै हार्न नपरोस्
संस्कार र संस्कृतिहरुलाई तिमीले मात्र बार्न नपरोस्

दिनभरी दुःख गरी रातभरी किन रोइरहन्छौ अहिले पनि
कमाउने हातहरु धेरै छन् तिमीले नै छाक टार्न नपरोस्

समर्पणमै जिन्दगी बिताउछौ तर कसले बुझ्छ तिम्रा कुरा
काम कर्तव्य भन्दाभन्दै आफ्ना खुशीहरु पर सार्न नपरोस्

समस्यासँग भाग भन्दिन तर डरत्रासमा जिन्दगी नबिताउ
आफ्ना रहरले रोपेका मुनाहरुलाई कलिलैमा मार्न नपरोस्

नारी भएर जन्मिनुमा के दोष यो त सृष्टी चक्र कै खेल हो
निर्धक्क भै अगाडि बढ अब आँसुका ढिका झार्न नपरोस्

तपाइँको प्रतिक्रिया ।