राप्रपा नेपालले कपनको इतिहासमा सबैभन्दा ठूलो पार्टी प्रवेश कार्यक्रम गर्यो

कपन अनलाइनसंबिधानसभा चुनावको मिति नजिकिँदै गर्दा एउटा पार्टीबाट अर्को  पार्टीमा प्रवेश गराउने क्रमले पनि तिब्रता पाइरहेको छ । उम्मेदवारको सिफारिसमा परिसकेका व्यक्तिसमेत अर्का पार्टीमा प्रवेश गरेका  भन्ने समाचार आइरहेको बेला देशमा यतिखेर जसरी हुन्छ पार्टी प्रवेश गराउने खेल सबैभन्दा चर्चाको विषय हो । सार्वजनिक कार्यक्रम गरेर पार्टीमा धेरैजना प्रवेश गर्ने सिलसिलामा कपनमा आज असोज ५ गते राप्रपा नेपालले एक कार्यक्रमसहित बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ  । कपन तथा क्षेत्र नं. ४ का ९१८ जना बिभिन्न पार्टीका कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका  छन् । सार्वजनिक कार्यक्रम गरेर पार्टीमा धेरैजना प्रवेश गर्ने सिलसिलामा कपनमा आज असोज ५ गते राप्रपा नेपालले एक कार्यक्रमसहित बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्यो । कपन तथा क्षेत्र नं. ४ का ९१८ जना बिभिन्न पार्टीका कार्यकर्ता राप्रपा नेपालमा प्रवेश हुन् ।

DSC_0188 यस प्रवेश कार्यक्रमका  प्रमुख नेता थिए नेपाली कांग्रेसका आइते लामा(सानुभाइ) । सानुभाइकै नेतृत्वमा कपनबाट प्रवेश गर्ने भनेर  उल्लेख गरिएका नामहरुमा ७५ प्रतिशत व्यक्तिहरु जनजाति समूहका थिए । करिब डेढवर्ष अघि यस्तै धुमधामका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका सानुभाइ त्यसअघि राप्रपा र नेकपा माओवादीमा पनि प्रवेश गरेका थिए । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा प्रमुख अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा केही केन्द्रिय नेताहरुका साथमा क्षेत्र नं. ४ का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । क्षेत्र  नं ४ बाट सम्भावित उम्मेदवार भनिएका वरिष्ठ चलचित्र कर्मी उद्धव पौडेल पनि कार्यक्रमका आकर्षण थिए । तर उनले सम्बोधन भने गरेनन् ।

 

DSC_0268

राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा प्रमुख अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा केही केन्द्रिय नेताहरुका साथमा क्षेत्र नं. ४ का नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै देशको सबैभन्दा ठूलो शक्ति राप्रपा नेपाल हुने दावी गरे । राजासहितको प्रजातन्त्र र हिन्दू राज्यको विषयमा अब आम नेपालीहरुको एकाकार हुन लागेका बताउँदै थापाले आउँदो संबिधानसभाको निर्वाचनमा आश्चर्यजनक परिणामका साथ देश बदल्ने शक्ति हुने बताए । चार दलीय सिण्डिकेटको बिरोध गर्दै मंसिरमा चुनाव नभए अनिष्ट हुने बताए । कार्यक्रममा बोल्दै देशको सबैभन्दा ठूलो शक्ति राप्रपा नेपाल हुने दावी गरे । राजसहितको प्रजातन्त्र र हिन्दू राज्यको विषयमा अब आम नेपालीहरुको एकाकार हुन लागेका बताउँदै थापाले आउँदो संबिधानसभाको निर्वाचनमा आश्चर्यजनक परिणामका साथ देश बदल्ने शक्ति हुने बताए । चार दलीय सिण्डिकेटको बिरोध गर्दै मंसिरमा चुनाव नभए अनिष्ट हुने बताए । करिब ८०० सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा अधिकांश स्थानीयवासीहरुको उपस्थिति थियो । कार्यक्रम संचालकले ९१८ जनाले राप्रपा नेपाल प्रवेश गरेको बताइरहँदा कार्यक्रममा भने कूल करिब ८०० जनाको मात्र उपस्थिति थियो ।

DSC_0203

 

करिब ८०० सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा अधिकांश स्थानीयवासीहरुको उपस्थिति थियो । कार्यक्रम संचालकले ९१८ जनाले राप्रपा नेपाल प्रवेश गरेको बताइरहँदा कार्यक्रममा भने कूल करिब ८०० जनाको मात्र उपस्थिति देखिन्थ्यो । आइते लामा(सानुभाइ) सँग प्रवेश गर्ने अधिकांश युवाहरु ठूलो र्यालीसहित मोटरसाइकलमा आएका थिए । प्रवेश गर्ने युवाहरुको नेतृत्व गर्दै सम्बोधन गरेका सानुभाइले आफ्नो सम्बोधनमा मरिचमान सिंहको प्रसंग उठाउँदै राष्ट्रियता र सार्वभौमिकताको लागि अब राप्रपा नेपाल एकमात्र विकल्प भएको बताएका थिए । व्यसायिकरुपमा उद्घोषण गर्ने अशोक धितालले संचालन गरेको कार्यक्रममा गीतसंगीत पनि प्रस्तुत गरिएको थियो ।

-फोटो: राजु बिक्रम थापा(कपन अनलाइन)

तपाइँको प्रतिक्रिया ।