नेपाल शिक्षक संघ काठमाडौको आठौ जिल्ला अधिवेशनको उद्दघाटन भयो
कपन अनलाइन
काठमाडौ,फाल्गुन ४ ।
“सन्तुष्ट शिक्षक,युगनुकुल शिक्षा लोकतन्त्र र समृद्द राष्ट्र हाम्रो प्रतिबद्दता” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति, काठमाडौँले आठौ जिल्ला अधिवेशन काठमाडौं महानगरपालिका वडा नं २९ डिल्लीबजारस्थित सांस्कृतिक संघको सभा कक्षमा उद्दघाटन समारोह सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य प्रकाशमान श्रेष्ठ, रहेका थिए भने बिशेष अतिथिमा समानुपातिक सांसद भीमसेन खत्री, काठमाडौ जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्ण सबुज बानिया ,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि रहेका थिए भने अतिथिहरुमा शिक्षक संघठनका काठमाडौं जिल्ला अध्यक्ष बिष्णु पनेरु नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिका अध्यक्ष केशब निरौला ,नेपाल शिक्षक संघ महिला संघ काठमाडौँ जिल्ला कि अध्यक्ष बिष्णु देबी पुडासैनी, सहसचिव गीता सिंखडा, नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्ण खडका,नेपाल राष्ट्रिय शिक्षक संघका राजेन्द्र अधिकारी प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेम राइ लगयत नेपाल शिक्षक संघका पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता नेपाल शिक्षक संघ काठमाडौँ जिल्ला अध्यक्ष सुन्दर पन्तले गरेका थिए ।प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य प्रकाशमान श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम सुभारम्भ गरेका थिए ।
कार्यक्रममा नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्ण खडकाले स्वागत मन्तब्य राखेका थिए नेपाल शिक्षक संघ महिला संघ काठमाडौँ जिल्ला कि अध्यक्ष बिष्णु देबी पुडासैनी ,प्याब्सन काठमाडौँ जिल्ला का उपाध्यक्ष प्रेम राइ शिक्षक संघठनका काठमाडौं जिल्ला अध्यक्ष बिष्णु पनेरु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य प्रकाशमान श्रेष्ठ, नेपाल शिक्षक संघ काठमाडौँ जिल्लाको आठौ जिल्ला अधिबेसन सफलताको शुभकामना दिदै नेपालको प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा त्यसको उच्च मूल्यांकनगर्दै शिक्षकहरुले नेपालको परिबर्तनमा निभाएको भूमिका को कदर गरेका थिए।
उनले शिक्षक हरुको हक हित शैक्षिक उन्नयन र लोकतान्त्रिककारणमा सबै अफ्ट्यारो अवस्थामा परेको बेला, लोकतन्त्रबादी शिक्षकहरुको पेशागत संगठनको क्रियाशीलताको बिशेष महत्व रहने बताएका थिए ।
सभाध्यक्ष को आसन बाट बोल्दै नेपाल शिक्षक संघ काठमाडौँ जिल्ला अध्यक्ष सुन्दर पन्तले नेपाल शिक्षक संघको स्थापनकाकाल देखि नै विभिन्न पदहरुमा पदासिन हुदै कर्तब्यनिष्ठ भइ कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्दै आएको परिणाम स्वरुप छैठौ र सातौ अधिवेशनले लगातार दुइ कार्यकाल आफुलाई अध्यक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएकोमा आभार ब्यक्त गर्दै आफ्नो कार्यकालमा भोगेको चुनौती र कामहरुको बारेमा जानकारी दिएका थिए।
उनले अहिले सम्म संघले गरेको काम स्मरणयोग्य भएको बताउदै अबको नया नेतृत्वले अझ मजबुद ढङ्गले काम गर्ने विश्वास ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा शिक्षक पेशा बाट नै जनाप्रतिनिधि भएका नगरपालिकाका प्रमुख उपप्रमुख समानुपातिक सांसद लगायत काठमाडौँ जिल्लाका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो।