प्रगतिशील महिला समुह गोकर्णेश्वर -३ द्वारा प्रौढ शिक्षा कार्यक्रम संचालन

प्रगतिशील महिला समुह गोकर्णेश्वर -३ द्वारा प्रौढ शिक्षा कार्यक्रम संचालन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ३ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवामा प्रगतिशील महिला समुहको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा फाल्गुन १ गते बाट तीन महिने अनौपचारिक प्रौढ शिक्षा कार्यक्रम संचालन  भएको छ।

उक्त उद्दघाटन कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल रहेकी थिइन्। भने बिशेष अतिथिको रुपमा नेपाली काग्रेसका स्थानीय नेता मुरारी प्रसाद भण्डारी, प्रेम प्रसाद भण्डारी ,धर्म भण्डारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

उक्त प्रौढ शिक्षा  उद्घाटन कार्यक्रमको सभाध्यक्षता मेनुका भण्डारीले गरेकी थिइन् भने कार्यक्रम संचालन पुष्पा न्यौपाने भण्डारीले गरेकी थिइन् ।उक्त अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत २५ जना महिला सहभागी भएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका की उपप्रमुख शान्ति नेपालले नगरपालिकालाइ पूर्ण साक्षर बनाउने अभियान अन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताइन ।उनले आज शिक्षाको ठुलो महत्व भएको बताउदै सहभागीहरुलाई नियमित रुपमा उपस्थित हुन समेत आग्रह गरेकी थिइन्।सोहि कार्यक्रममा कक्षालाइ आवश्यक पर्ने शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।