वालकृष्ण ढुङ्गेल किराँत राज्य समितिको संयोजक

कपन अनलाइनदोस्रो संविधान सभा निर्वाचनको माहौल देशभरनै बढ्दै गइरहेको समाचारहरु दिनप्रतिदिन प्रकाशन र प्रशारण भइरहेको छ । यो संगै दलका नेताहरु टिकट लिनका लागि शीर्ष नेताका घर घरमा धाईरहेका छन्र भने दलहरुले आफु र आफ्नो पार्टी नै पहिलो स्थानमा आउने उदघोष् समेत गरिरहेको छन् । दलहरुले विभिन्न नेताहरुलाई जिम्मेवारी दिने क्रम समेत बढ्दै गइरहेको छ ।

 

यसै क्रममा एमाओवादीले पूर्व सभासद तथा केन्द्रिय सदस्य बालकृष्ण ढुङ्गेललाई किराँत राज्य समितिको संयोजकको जिम्मेवारी दिइएको छ । २०६५ सालबाट कपन गाविसमा अस्थायी रुपमा बसोबास गर्दै बालकृष्ण ढुङ्गेल स्वकीय सचिव कृष्ण ढुङ्गेलले कपन अनलाईन उनी बढुवा भएको जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनमा ओखलढुङ्गा जिल्ला क्षेत्र नं २ बाट विजयी बनेका ढुङ्गेललाई अहिले दोस्रो संविधानसभाका लागि पनि सोहि क्षेत्रबाट प्रत्यक्ष तर्फ एक नम्बर सिफारिसमा परेका छन् ।  कपनका केही व्यक्तिसँग मिलेर व्यवसायिक कृषिमा समेत हात हाल्न लागेका ढुङ्गेललाई आफ्नो जिल्ला र एमाओवादी बृत्तमा प्रभावशाली नेताका रुपमा चिनिइन्छ ।

तपाइँको प्रतिक्रिया ।