एड्सबारे जनचेतना जगाउन म्युजिक कन्सर्र्ट गरिने
कपन अनलाइन
नगरकोट, २९ माघ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।
एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो। उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको छ । सुरुवातले स्थानीय सांगीतिक समूहसहित युवाको आकर्षण चर्चित पपगायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवामा एचआइभी संक्रमण बढेकाले कण्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिए। सांगीतिक कार्यक्रममार्फत युवालाई कण्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको उद्देश्य रहेको उनको भनाइ थियो ।
संस्थाका निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम ¥याली हुने जानकारी दिए । उक्त ¥यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने उनले बताए ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिए ।