शंकरे डाँडोको सार्वजनिक जग्गा नापिने भयो
कपन अनलाइनकपन गाविस भवन निर्माण गर्न लागिएको शंकरे डाँडोको क्षेत्रफल आजभोलि नै नापिने भएको छ । भाद्र २३ गते साँझ कपन गाविसमा बसेको सर्वदलीय बैठकले तत्काल शंकरे डाँडोको क्षेत्रफल नाप्ने निर्णय गरेको हो । बैठकका बारेमा कपन अनलाइनलाई जनकारी गराउँदै कपन गाविस सचिव लोमस आचार्यले १-२ दिनमै यस क्षेत्रमा रहेको सार्वजनिक जग्गा जस्ताको तस्तै नापजाँच गरी क्षेत्रफल एवम् सिमाना पहिल्याइने बताए । उनले सबै सिमानामा देखिने गरी किला ठोकी चाँडोभन्दा चाँडो त्यसलाई बार लगाउने पहलमा गाविस रहेको बताए ।
गाविस भवनमा भएको बैठकमा निर्माण समितिका अध्यक्ष शिब बजगाइँ, सचिब राजाराम बुढाथोकी, संरक्षक मिठाराम अधिकारीलगायत स्थानीयहरुको समेत सहभागिता थियो । गाविस सचिव लोमस आचार्यका अनुसार जग्गा नापीका लागि आजै निर्माण समितिका संरक्षक र अध्यक्षले जिल्ला प्रशासन कार्यालयबाट चिठी ल्याएर सरकारी दस्तुर बुझाउने बताए ।
यसरी शंकरे डाँडोमा के कति सार्वजनिक जग्गा छ भन्ने सिमांकन भएपछि नयाँ भवन बनाउन बाटो खुल्ने आशा सचिव आचार्यले कपन अनलाइनसँग गरे ।