कपन नेपाली कांग्रेसले शंकरे डाँडो विषयमा स्पष्किरण दियो, भोलि सर्वदलीय भेला
कपन अनलाइन शंकरे डाँडोमा गाविसको नयाँ भवन बनाउने क्रममा उत्पन्न विवादमा नेपाली कांग्रेस कपनलाई जोडिएकोप्रति सो पार्टीले ती अधारहिन तथा भ्रामक हल्लाहरुमा नालाग्न आव्हान गरेको छ । सभापति विनोद चालिसेले हस्ताक्षर गरेकों एक प्रेश विज्ञप्तिमा कपन गाविसको मिति २०७० भाद्र १३ गतेको भवन निर्माण समितिको बैठकको निर्णयलाई ने.का. कपन इकाइको पूर्ण समर्थन रहेको जनाइएको छ ।
चारैतिर शंकरे डाँडोको विषयमा नेपाली कांग्रेसको भूमिकाको बारेमा प्रश्न उठेपछि आज उक्त विषयलाई सम्बोधन गर्न विशेष बैठक बसेको थियो । बैठकले भोलि भाद्र २३ गते विहान ७ बजे ओस्कार स्कूलमा शंकरे डाँडो विषयमा केन्द्रित सर्वदलीय भेला आयोजना गरिएको कुरा उपसभापति टंक सापकोटाले कपन अनलाइनलाई बताए ।
तपाइँको प्रतिक्रिया ।