शंकरे डाँडो बचाउ अभियान चुँलिदै
कपन अनलाइनकपन अनलाइन समाचारका क्रममा घुम्ने क्रममा एक्कासी भेटिएका शंकरे डाँडोलाई बचाउन हिँडेका युवाहरुसँग जम्का भेट भयो । पर्चासहित हिँडेका युवाहरु कपनको पहिचानसँग जोडिएको यो डाँडोको सुन्दरता नमर्ने गरी गाविस भवन निर्माण गर्न आफूहरु अभियानको रुपमा हिँडेको बताए । उनीहरूले कपन अनलाइनमार्फत हामी त्यो ठाउँमा गाविस भवन निर्माण हुनुहुँदैन भने लागेको नभई २०२२ सालको नापिका आधारमा त्यहाँको सार्वजनिक छुट्याएर शंकरे डाँडोको सुन्दरता नबिगार्न मात्र लागि परेको बताए । उनीहरुले अनावश्यक यस कार्यमा सबै कपनवासीको सहयोग तथा समर्थनको अपिल गर्दै १० प्रतिशत मात्रै पुर्ने काम भएकोमा कपन अनलाइनले खाल्डो पुरियो भनेर समाचार प्रकाशित गरेकोमा रुष्टता पनि जनाए ।
उनीहरुले प्रकाशित गरेको पर्चामा केही राजनीतिक दलहरुको मिलेमतोमा गाविसले अग्रसरता देखाई ऐतिहासिक संरचना ध्वस्त पारेको आरोप लगाइएको छ ।