क्षेत्र नं. ४ मा निर्मल कुँइकेल सर्वसम्मत हुने सम्भावना
कपन अनलाइननेकपा एमालेले काठमाडौंले जिल्ला समिति अध्यक्ष निर्मल कुइँकेललाई क्षेत्र नं. ४ को सर्वसम्मत उम्मेदवार बनाउने सम्भावना बढेको छ । काठमाडौं एमालेका प्रभावशाली व्यक्तिको रुपमा परिचित कुइँकेललाई यस क्षेत्रमा उम्मेदवारको रुपमा ल्याउन कार्यकर्ताको चौतर्फि दवाब परेपछि जिल्ला समितिले उनको नाम सिफारिस गर्न लागेको श्रोतले बताएको छ । क्षेत्र नं. ४ मा विद्यादेवी भण्डारीलाई सिफारिस गर्न लागिइएको भनेर चौतर्फि हल्ला चलिरहेको बेला यो समाचार आएपछि एमाले समर्थकहरु खुशी देखिएका छन् । निर्मल कुइँकेल लामो समय संगठन गरेको भएकोले यो क्षेत्रमा उनी निकै प्रभावशाली र आत्मीय मानिन्छन् ।
तपाइँको प्रतिक्रिया ।