जीवन स्मृति मार्गको स्थलगत अध्ययनमा सांसद सहित महानगरका वडा १३ र १५ का अध्यक्षहरु

जीवन स्मृति मार्गको स्थलगत अध्ययनमा सांसद सहित महानगरका वडा १३ र १५ का अध्यक्षहरु

कपन अनलाइन 

काठमाडौ,माघ २७।

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा गएको टोलीले काठमाडौं महानगरपालिका वडा नं १५ र वडा नं १३ को सिमाना महेन्द्ररत्न क्याम्पस पछाडी चागलमा रहेको जीवन स्मृति मार्गको स्थलगत भ्रमण र अध्ययन गरेको छ ।

उक्त स्थलगत भ्रमणमा काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल ,काठमाडौं महानगरपालिका वडा नं १३ का अध्यक्ष धुर्व नारायण मानन्धर ,काठमाडौं महा नगरपालिका भौतिक पूर्वाधार शाखा का प्रमुख राम थापा लगायतको सहभागिता रहेको थियो।

सो स्थानमा  स्थानीयहरुको सहभागितामा बाटो मर्मत र निर्माण हुने  र त्यसका लागि भोलि बृहत बैठक समेत आयोजना गरिएको स्थलगत अध्ययनमा सहभागी एक स्थानीयले बताए ।

 

तपाइँको प्रतिक्रिया ।