बाटो विस्तार हुने स्थानका घर टहरा हटाउन बुढानिलकण्ठ नगरपालिकाको सुचना

बाटो विस्तार हुने स्थानका घर टहरा हटाउन बुढानिलकण्ठ नगरपालिकाको  सुचना

कपन अनलाइन 

काठमाडौ,माघ २७।

बुढानिलकण्ठ नगरपालिकाले बाटो विस्तार हुने स्थानमा रहेका घर टहरा हटाउनका लागि सुचना जारी गरेको छ ।सडक डिभिजन कार्यलय को २०७४/१०/०९ को चलानी नम्बर ११७.०७४/०७५ को पत्र अनुसार वडामा आउने विभिन्न सडकहरु विस्तार हुने वडाले जनाएको छ ।

यस सुचना जारी भए पश्चात सो सडक हरुमा पर्ने भौतिक संरचना हटाउन का लागि नगरपालिकाले अनुरोध गरेको छ।

विस्तार हुने सडकहरु :

१. बुढानिलकण्ठ निलोपुल शिवपुरी निकुन्ज

२. सरस्वती मार्ग ज्योति बैंक साततले

३. गोपी कृष्ण हाल सरस्वति नगर भृकुटी चोक

४. हात्तीगौडा गणेश स्कुल धोवी खोला सडक

५. महांकाल भृकुटी चोक ,तेन्जिंग चोक ,फैका टुपेक ,चुनिखेल ,बुढानिलकण्ठ सडक

६ . सात तले भण्डारी गार्मेन्ट आकाशेधरा बालुवाखानी सुन्दर वस्ती

७ . बिष्णु बुढानिलकण्ठ मन्दिर पुर्व बाट शिवपुरी रास्ट्रिय निकुन्ज सम्म

८ .आकाशेधरा राम मन्दिर कृष्णमन्दिर

९ . बुढानिलकण्ठ तौलुंग देउवा चोक

 

तपाइँको प्रतिक्रिया ।