क्षेत्र नं. ३ मा ने.का.ले तरुण दल नेता कृष्णजी खड्का पनि सिफारिस गर्यो
कपन अनलाइनबद्रि भट्टराई
नेपाली काँग्रेस क्षेत्र नं ३ ले दोस्रो संविधान सभा निर्वाचनका लागि उम्मेदवार चयन सर्वसम्मत् रुपमा सम्पन्न गरेको छ । क्षेत्रीय समितिले अघिल्लो निर्वाचनमा विजयी सभासद चक्र ब. ठकुरीसँगै तरुण दल काठमाडौंका कार्यवाहक अध्यक्ष एवम् तरुण नेता कृष्णजी खड्का तथा परशुराम पोखरेललाई प्रत्यक्षतर्फ सिफारिसमा गरेको छ ।
काठमाडौं क्षेत्र नं ३ यस अघिको संबिधानसभा चुनावमा पनि नेपाली कांग्रेसले जितेको क्षेत्र भएकोले ने.का.को सुरक्षित क्षेत्र बताइन्छ । अबकोे संविधानसभा चुनावमा पनि यस क्षेत्रबाट ने.का.लाई अत्याधिक बहुमतले विजयी बनाउन सम्पूर्ण क्षेत्र नं ३ काँग्रेस एकजुट रहेको समेत तरुण नेता कृष्णजी खड्काले कपन अनलाइनलाई बताए ।
तपाइँको प्रतिक्रिया ।