माघ २५ गते १२.३० मा टोखा नगरपालिका वडा नं १० मा कपन अनलाइन पुग्दा

माघ २५ गते १२.३० मा टोखा नगरपालिका वडा नं १० मा कपन अनलाइन पुग्दा

कपन अनलाइन

काठमाडौ,माघ २५

करिब मध्यान्हको १२ :३० बजे कपन अनलाइनको टिम टोखा नगरपालिका वडा नं १० मा पुग्दा सेवाग्राहीहरु सेवा लिंदै गरेको अवस्थामा भेटिएको थियो। हामी वडा अध्यक्षको कार्यलयमा पुग्दा उनि सेवाग्राहीको कामलाई सहजीकरण गरिरहेका थिए ।  हामी पुग्दा १जना वडा सदस्यहरु मात्र वडा कार्यलयमा अनुपस्थित रहेकाथिए । बाँकी सदस्य कामले गर्दा आइन पुगेको जानकारी प्राप्त भयो ।त्यस्तै गरि वडा सचिब पनि कार्यलयको कामले बाहिर गएको जानकारी प्राप्त भयो ।

टोखा नगरपालिका वडा नं १० का वडा अध्यक्ष  मधुसुदन पाण्डेले वडामा जनप्रतिनिधि आइसकेपछी सेवा प्रवाहमा सहज भएको बताए  । उनले सेवा प्रवाहमा पनि छिटो छरितो र झन्झट रहित रुपमा सेवा प्रवाह भइरहेको बताए।

उनले लामो समय जनप्रतिनिधि बिहिन भएको अवस्थामा आफ्नै  घर आँगनको प्रतिनिधि पाएको भएर पनि अपनत्वको महसुस सेवाग्राहीले गरेको बताए। उनले दक्ष जनशक्तिको अभाबमा पनि  काम गरिरहेको बताए सेवा ग्राहिको धेरै अपेक्षा जनप्रतिनिधिहरु संग भएको र त्यी अपेक्षाहरुलाई सम्बोधन हुने किसिमले विकास निर्माणको काममा लागेको पनि बताए।

उनले  सेवा ग्राही को महत्वाकांक्षा र राज्यको संरचना अनुसार त्यसलाई मिलाएर सहज ढंगले आगाडी प्रयत्नमा वडा लागेको बताए।

उनले वडा नं १० मा रहेको टोकियो बजारमा वडा बाट ३७ लाख र थप रकम त्यहिको स्थानीयको २० प्रतिशत  बेहोर्ने गरि ढल र ढुंगा बिछ्याउने काम अघि बढेको पनि बताए ।

हामीले वडा कार्यलयमा आएका सेवा ग्राहीलाई वडामा सेवा प्रवाह  कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ ।  सेवाग्राही नबिन पुन  घर जग्गा को कर तिर्न आएको बताउदै सेवा प्रवाह छिटो र सरल भएको बताए।

उनले पहिले भन्दा धेरै परिबर्तन भएको पनि बताए। उनले अहिले निर्वाचित जनप्रतिनिधि आएकोले उहाहरुले राम्रै सुबिधा दिईरहेको बताए। पहिले सचिवलाई कुर्नुपर्थ्यो अहिले वडा अध्यक्षलाइ भनेको समयमा भेट हुन्छ ।

वडामा सचिब अनुपस्थित भएको थाह पाए पछि हामीलेवडा कार्यलयका कर्मचारी बिक्रम राज श्रेष्ठलाइ पनि सोधेका थियौ। जनप्रतिनिधीहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ भनेर उनले जवाफमा वडा कार्यलय बाडफाड भए पछि एउटै वडाको मात्र काम गर्दा सहज भएको बताए ।

उनले प्रक्रिया पुर्याएर आएका सेवाग्राहीको काम सहज ढंगले छिटो छरितो तरिकाले हुने गरेको बताए  उनले जनप्रतिनिधि आउनु अघि सेवाग्राही ले कुर्नु पर्ने झन्झट हुने थियो भने हाल त्यो समस्या हाल भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।