माघ २५ गते १२ बजे टोखा नगरपालिका वडा नं ४ मा कपन अनलाइन पुग्दा

माघ २५ गते १२ बजे टोखा नगरपालिका वडा नं ४ मा कपन अनलाइन पुग्दा

कपन अनलाइन

काठमाडौ,माघ २५

करिब मध्यान्हको १२  बजे कपन अनलाइनको टिम टोखा नगरपालिका वडा नं ४ मा पुग्दा सेवाग्राहीहरु सेवा लिंदै गरेको अवस्थामा भेटिएको थियो। हामी वडा अध्यक्षको कार्यलयमा पुग्दा उनि सेवाग्राहीको कामलाई सहजीकरण गरिरहेका थिए ।

हामी पुग्दा  ३ जना वडा सदस्यहरु मात्र वडा कार्यलयमा उपस्थित रहेका  थिए । बाँकी कामले गर्दा  अरु आइन पुगेको जानकारी प्राप्त भयो ।वडा अध्यक्ष  धर्मेन्द्र श्रेष्ठले  वडामा जनप्रतिनिधि आइसकेपछी सेवा प्रवाहमा सहज भएको बताए  ।

उनले सेवा प्रवाहमा पनि छिटो छरितो र झन्झट रहित रुपमा सेवा प्रवाह भइरहेको बताए। उनले आफ्नै   स्थानीय प्रतिनिधि पाएको भएर पनि अपनत्वको महसुस सेवाग्राहीले गरेको बताए। साथै उनले आर्थिक बर्षको नया काम सुरु  नभएको बताउदै पुरानोले नै काम भैरहेको बताए । उनले अहिले घर जग्गा कर मालपोत सिफारिसहरुको काम बढी मात्रामा आइरहेको पनि बताए।

सोहि क्रममा हामीले  वडा कार्यलयमा आएका सेवाग्राहीलाई वडामा सेवा प्रवाह  कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ । धापासी मा बसोबास गर्ने सेवाग्राही सन्तोष रानाभाट वडामा नया राहदानी बनाउने कामको लागि आएका रहेछन ।

उनले जवाफमा  वडा बाट प्रदान गरिने सेवामा सन्तुष्ट रहेको बताए उनले छिटोछरितो भएको बताए। उनले पहिलेको तुलनामा जनप्रतिनिधि आए पछि सेवा प्रवाह छिटो र सरल भएको बताए ।नजिकै घरछेउमा नै वडा कार्यलय स्थापना भएको र सामान्य सिफारिसहरुमा पैसा नलाग्ने पहिला पैसा पनि लिने गरेकोमा जनप्रतिनिधि आएपछि सो पैसा नलागेको बताए ।

सोहि क्रममा हामीले वडाका सचिब लक्ष्मी बहादुर श्रेष्ठ संग पनि जनप्रतिनिधीहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ   भनेर सोधेका थियौ ।

जवाफ मा उनले जनप्रतिनिधीहरु संग काम गर्दा सहज महसुसगरेको बताए।उनले जनप्रतिनिधि आउनु पुर्व र आएपछि काममा त्यस्तो धेरै फरक नभएको बताए तर पनि पहिलेको तुलनामा सहजता महसुस भएको बताए। उनले पहिला झन्झटिलो प्रक्रिया रहेकोमा अहिले कर्मचारी र जनप्रतिनिधिले सहज ढंगले काम गरिरहेको बताए।

उनले कर्मचारी चाही अलि अपुग भएको महसुस गरेको बताए उनले नीति नियम केहि पनि नआइपुगेको हुनाले काममा कहिले काही समस्या आउने बताए उनले थप्दै बजेटको पनि अभाब रहेको बताए ।

 

तपाइँको प्रतिक्रिया ।