चन्द्रागिरी नगरपालिका वडा नं ८ को जरुरी सुचना
कपन अनलाइन
सूचना काठमाडौँ, माघ २५
चन्द्रागिरी नगरपालिका वडा नं ८ ले आज सार्बजनिक सुचना मार्फत नगरपालिकाले माघ १० गते गरेको पत्राचार अनुसार नगरपालिका क्षेत्र भित्र रहेका बिभिन्न प्रकृतिका पसल ब्यबसायहरुको वडा बाट अनुगमन हुने भएकोले वडा नं ८ मा रहेको सम्पुर्ण ब्यवसायीहरुले एक महिना भित्र वडा कार्यलयमा आफ्नो सम्पूर्ण ब्यबसाय दर्ता गर्न अनुरोध गरेको छ ।
साथै दर्ता गरि गुणस्तरीय सामग्री मात्र उत्पादन तथा बिक्रि वितरण गर्न गराउन अनुरोध गरेको छ भने दर्ता गरेको भए कर तिर्न र तिराउन सबैलाई सुचना मार्फत अनुरोध गरेको छ।साथै अनुगमनको क्रममा गुणस्तरहिन सामग्री उत्पादन तथा बिक्रि वितरण गरेको र दर्ता र कर नतिरेको पाइएमा सो ब्यबसाय अनुगमन टोलिद्वोरा बन्द गर्न सक्ने व्यहोरा समेत सार्बजनिक सुचना मार्फत अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।