अझै मिलेन बुनपा १२ र माता नवदुर्गा स्वास्थ्य संस्थाको भवन उपयोग विवाद
कपन अनलाइन
काठमाडौ,माघ २५।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र माता नवदुर्गा स्वास्थ्य संस्था विचको भवन उपयोग विवाद अझै मिलेको छैन ।वडा कार्यालयले वडाको कार्य सम्पादनका लागि कोठा अपुग भएको भन्दै संस्था संग कोठा माग गरेकोमा सो सम्बन्धि विवाद भए पछी नगरपालिकाको कार्यालयमा छलफलका लागि दुवै पक्षलाई बोलाएकोमा सो सम्बन्धि कूनै छलफल अहिले सम्म भएको छैन ।
वडा कार्यालयका प्रतिनिधि र संस्थाका प्रतिनिधिहरु विच केहि चरण छलफल भए पनि सो निस्कर्षमा नपुगेको वडा अध्यक्ष शम्भु भट्टराईले बताए । उनले स्थान अभावमा वडाको काम कारवाहीमा निकै असर परेको र त्यसको लागि संस्था संग छलफल गरेर समस्या समधानका लागि पहल गरिरहेको बताए ।
वडा नं १२ मा कार्यालय भवन निर्माणका लागि कुनै स्थान नरहेको र त्यसले गर्दा भएका सार्वजनिक भवनको प्रयोग गर्नु पर्ने बाध्यतामा वडा रहेको भन्दै अध्यक्ष भट्टराईले माता नवदुर्गा स्वास्थ्य संस्था संग सहकार्य गरेको बताए ।
अहिले सम्म ठोस निस्कर्ष ननिस्के पनि चाडै नै वडा कार्यालय र संस्था विच एउटा समझदारी बन्ने अध्यक्ष भट्टराईले बताए ।संस्थाको स्वास्थ्य सेवा सम्बन्धि केहि मागहरु रहेकोले ति माग हरु सम्बोधन गर्नका लागि के गर्ने भनेर वडा कार्यालय छलफल रहेको उनले बताए ।