बुढानिलकण्ठ नगरपालिकाको नगर परिषदको मिति अझै टुङ्गो लागेन
कपन अनलाइन
काठमाडौ,माघ २५।
काठमाडौं जिल्ला र अन्य स्थानमा रहेका नगरपालिका र गाउँपालिकाहरुले आफ्नो परिषद सम्पन्न गरेर सोहि अनुसार योजनाहरु अगाडी बढाएका छन । त्यसतै केहि स्थानीय तहहरुमा परिषद्को प्रक्रिया सुरु भएको छ भने केहीमा परिषदले योजनाहरु माथिको छलफल अगाडी बढाएको छ ।तर बुढानिलकण्ठ नगरपालिकाको नगर परिषद कहिले हुने अझै टुङ्गो लागेको छैन।
कुनै पनि स्थानीय तहको नीति निर्माण र योजना कार्यान्वयनका लागि सघन बहस, छलफल र अध्ययन गर्ने थलोका रुपमा रहेको परिषदले सो स्थानीय तहको कार्य सम्पादनको शिलशिलामा निकै महत्व राख्ने गर्दछ ।
नगर परिषद नै त्यस्तो थलो हो जना योजना ,कार्यक्रम र नीतिहरुमा सबैको सहभागितामा छलफल भै आगामी मार्ग चित्र निर्माण हुने गर्दछ ।जसरी रास्ट्रिय रुपमा संसदको महत्व हुन्छ त्यस्तै स्थानीय रुपमा परिषद्को निकै महत्वपूर्ण स्थान रहेको हुन्छ ।
यति महत्वपूर्ण परिषद समयमा संम्पन्न गर्ब सक्दा यसले योजना कार्यान्वयन र विकास निर्माणको गतिलाई अगाडी बढाउन सहयोग पुग्ने देखिन्छ भने यो परिषद समयमा नहुदा यसले योजना कार्यन्वयनका सम्बन्धमा समस्या सृजना गर्ने देखिन्छ ।
बुढानिलकण्ठ नगरपालिका जो धेरै सम्भावना र सामर्थ्य बोकेको नगरपालिका का रुपमा रहेको छ त्यसको नगर परिषद्को तयारी अझै हुन् सकेको देखिदैन ।
यस नगरपालिकामा रहेका योजना ,कार्यक्रम र बनाउनु पर्ने नीतिहरुका सम्बन्धमा सघन छलफल गरेर मार्गचित्र निर्माण हुनुपर्ने समयमा त्यसको लागि प्रस्थान बिन्दु समेत तयार नभएको अवस्था रहेको छ ।
यसरी नगर परिषद बस्न ढिलाई हुँदा यहाका भौतिक ,सामाजिक र मानवीय विकासमा असर पर्ने देखिन्छ ।समयमा नगर परिषद सम्पन्न नहुदा आवधिक रुपमा रहेका योजनाहरु कार्यन्वयनमा निकै समस्या सृजना हुने एक बिज्ञले बताए ।
अहिले लगभग माघ अन्तिम भैसकेको र यो नगर परिषद्को सम्पूर्ण प्रक्रिया पुरा हुदा बैशाख सम्म पुग्न सक्ने देखिन्छ जसले गर्दा आर्थिक वर्ष भित्र सक्नुपर्ने विभिन्न योजनाहरुको लागि समय अपुग हुने मात्र हैन त्यसले कामको गुणस्तरमा समेत असर पार्न सक्ने ति बिज्ञको ठहर छ ।
त्यति मात्र हैन अहिलेको विसिस्ट समयमा हुने परिषदमा नगरपालिकाले बनाउनु पर्ने संचार ,शिक्षा,बाल बालिका ,महिला , सामाजिक संघ संस्था समन्वय ,आर्थिक सहयोग आदि जस्ता महत्वपूर्ण नीति हरुका वारेमा अवधारणा सहित व्यापक बहस हुनु पर्दछ ।
जसले गर्दा यस्ता नीतिहरु स्थानीय तहको भौगोलिक बिशेषता ,सामाजिक बनौट र सांस्कृतिक सम्पदाको सम्भावनालाई केन्द्रमा राखेर बन्नुपर्नेमा त्यस्तो नबनी केवल कर्मकाण्डी बन्नसक्ने देखिन्छ ।
त्यसैले नगर परिषद आयोजनामा हुने ढिलाईले योजना निर्माण ,कार्यान्वयन र नीति निर्माणमा असर पार्ने देखिएकोले नगरपालिकाले परिसद यथासिघ्र चाडो गर्नु पर्ने देखिन्छ भने देशका ठुलो ओहोदामा पुगेका र विषयमा बिग्यता हासिल गरेका धेरै नगरवासी रहेको यस नगरपालिकामा बन्ने नीतिहरुमा उनीहरुको सहभागिता हुनु पर्ने देखिन्छ ।
धेरै स्थानमा कपि पेस्ट गरेर निर्माण गरेका नीतिहरूले गर्दा नगरपालिकाले निर्दिस्ट गरेको लक्ष पुरा नभएको गुनासो बढिरहेको बेला यस नगरपालिका ले सबै नीति विधि ,प्रक्रिया र नियम पालना गरेर निर्माण गर्ने तर्फ अगाडी बढ्नु पर्ने देखिन्छ ।
त्यसैले सबै नगरवासी,यहाँ क्रियाशील राजनीतिक दल र अन्य सरोकारवाला पक्षले निकै चासोका साथ हेरिरहेको परिसदको मिति चाडै घोषणा हुनुपर्ने देखिन्छ ।