फागुन ६ गोकर्णेश्वर मन्दिरमा सामुहिक ब्रतवन्ध हुने
कपन अनलाइन
काठमाडौँ,माघ २४ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गोकर्णेश्वर कर्मकाण्ड तथा ज्योतिष सेवा समितिले यहि आउदो फागुन ६ गते सामुहिक ब्रतबन्ध आयोजना गर्न लागिएको हुँदा उक्त कार्यक्रममा सहभागी भइ आफ्ना बटुकहरुको ब्रतबन्ध गराउनको लागि अनुरोध गरेको छ ।
उक्त कार्यक्रममा सहभागी हुने प्रति बटुकहरुले रु ३ हजार तिरेर दर्ता गरुन सकिने आयोजकले बताएको छ ।साथै थप जानकारीको लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।इश्वर पाण्डे ९८५११४८७५७ , धुर्व नारायण अधिकारी ९८४११८२२३५ , सुदर्शन सापकोटा, ९८४११३८७००
तपाइँको प्रतिक्रिया ।