यस्तो थियो न्युछे नारायण श्रेष्ठको पहिलो प्रदेस सभा बैठकको अनुभव

यस्तो थियो न्युछे नारायण श्रेष्ठको पहिलो प्रदेस सभा बैठकको अनुभव

कपन अनलाइन

काठमाडौँ, माघ २३।

देश संघीय संरचनामा गइसकेपछि हेटौडामा  पहिलो पटक प्रदेश सभाको बैठक बसेको  थियो। उक्त बैठकले प्रदेश नम्बर ३ को पहिलो प्रदेश सभा बैठकले आगामी माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ। उक्त  पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गरेका थिए।

पहिलो बैठक पश्चात कपन  अनलाइनले पहिलो बैठकको अनुभव कस्तो रह्यो भनेर  काठमाडौँ निर्वाचन क्षेत्र नं ४  बाट समानुपातिक सांसद माननीय न्हुच्छे नारायण श्रेष्ठ लाइ सोधेको थियौ। उक्त प्रश्नमा उनले प्रतिक्रिया दिंदै  नेपालको इतिहासमा एतिहासिक दिन भएको बताउदै  त्यहाको माहोल यसरी बताएका थिए पहिलो बैठक १८ गते १ बजे बोलाइयो।

हामी पहिलो चोटी माननीय सांसद भएर त्यो ठाउमा जाँदै गर्दा एकदम खुसि भएको थिए ।त्यो ठाउको बाताबरण हेर्दा १ बजे बोलाइएको थियो, १ बज्न ५ मिनेट अघि घन्टी बज्यो ।घन्टी टननङ बजिरह्यो ५ मिनेट सम्म। त्यो समय सम्ममा हामी सबै सांसद हरु प्रवेश गरेपछि ढोका लगाइयो,  र सभामुख जी आइसकेपछी राष्ट्रिय धुन बज्यो।

हामी सबै उभियौ। त्यसपछि हामी आ आफ्नो लागि छुट्टयाइएको कुर्सीमा  बस्यौ र  सभामुखले कार्यविधि पढेर सुनाएको बताए  ।कार्यविधि सुनेपछि सबै दलको एकएक जना सांसदहरु बोल्ने त्यहा कार्यतालिका रहेछ सोही अनुरुप बोले ।

त्यसपछि कार्यविधि पास भयो ।त्यसपछि २७ गते ३ बजे सम्मको लागि बैठक स्थगित गरियो।  त्यहा अर्कै खालको माहोल थियो सबैमा केहि गर्नु पर्छ भन्ने उर्जा उत्साह थियो । सपथ ग्रहण गर्ने बेलाको ब्यबस्थापन र बैठकको ब्यबस्थापनमा सुधार भएको पाएको बताए।

पहिलो बैठकमा माननीयको रुपमा सहभागी हुँदै गर्दा आफुले  सम्पूर्ण मतदाताहरुलाई सम्झिएको  र जिम्मेवार बोधको अनुभूति भएको बताए । उनले नेपालको इतिहासमा एतिहासिक दिन भएको बताउदै  उनले जनताले दिएको जिम्मेवारी इमान्दार भएर निर्वाह गर्ने प्रण गरेको पनि बताए ।

 

तपाइँको प्रतिक्रिया ।