श्री बालउद्दार माबी गागलफेदीले स्वर्ण जयन्ती मनायो
कपन अनलाइन
काठमाडौ, माघ २३ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको श्री बालउद्दार माबीको ५० औ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती महोत्सब कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ रहेका थिए भने बिशेष अतिथिहरुमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राइ , प्रदेश सभा सदस्य रामेश्वोर फुयाल,काठमाडौँ निर्वाचन क्षेत्र नं ६ प्रदेश क का प्रदेश सभा सदस्य केशब स्थापित , रहेका थिए भने अतिथिहरुमा कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु सिंखडा पुडासैनी ,शंखरापुर् नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, काठमाडौँ जिल्ला समन्वय समितिका सदस्य उद्दब भण्डारी, वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, राजाराम पुडासैनी, विभिन्न बिद्यालयका प्रिन्सिपल, शिक्षक शिक्षिका , समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरु, अभिभावक लगायत स्थानीय र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रमको सभाध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार लामाले गरेका थिए।कार्यक्रम संचालन बिद्यालयका शिक्षक सन्तोष फुयाल र शिक्षिका भावना नेपालीले गरेकी थिइन् ।
कार्यक्रममा कागेश्वोरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको औचित्य र विद्यालयको बारेमा बिद्यालयका प्रधानाध्यापक बिनोद प्रसाद ढकालले प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि बाट विद्यालयको स्मारिका अनावरण सहित बिमोचन समेत गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राइ, प्रदेश सभा सदस्य रामेश्वर फुयाल र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शुभकामना मन्तब्य सहित आ आफ्नो भनाइ राखेका थिए।
कार्यक्रममा एस एल सी र एस ई ई मा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी ,विद्यालयलाई जग्गा दान गर्ने जग्गा धनिलाइ पनि सम्मान गरिएको थियो ।त्यस्तै गरि बिद्यालयमा २० वर्ष सेवा अवधि पार गरेका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न आवाज निकाल्न सक्ने चरी दाइ उपनाम पाएका रमेश दुलाल ले काग को आवाज निकाली काग बोलाएका थिए। भने उनले आवाज मार्फत विभिन्न बाजाको आवाज निकालेर मनोरंजन प्रदान गरेका थिए।
उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बिचमा एकताको संदेश दिएका थिए । सोहि कार्यक्रम मा स्थानीय रमिता मगरले आफु रियो छमछमी सिजन ३ को फाइनल मा पुगेको बताउदै आफुलाई फाल्गुन २ गते फाइनल रहेको हुँदा आफुलाई भोट गरि जिताउन को लागि अनुरोध गरेकी थिइन् ।
उनले भोट गर्नको लागि मोबाइल को म्यासेज बक्स मा गइ सी सी टाइप गरि स्पेस दिएर १२ टाइप गरि ३४३४३ मा पठाउन अनुरोध गर्दै आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।