बालिका बलात्कार गर्ने १९ वर्षीय कुमारलाई १० वर्ष जेल
कपन अनलाइन
जलेश्वर, माघ २३ । महोत्तरी जिल्ला अदालतले ३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवकलाई १० वर्ष जेल सजाय सुनाएको छ ।
जिल्लाका प्रमुख न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले गौशला नगरपालिका–२ का १९ वर्षीय कुमार भुजेललाई १० बर्ष कैद सजाय सुनाएको हो ।
भुजेलले १६ कात्तिक २०७३ मा गौशलामा बालिकालाई बलात्कार गरेका थिए । गाउँकै बालिकालाई ललाईफकाई जवरजस्तीकरणी गरेको इलाका प्रहरी कार्यालय गौशलाले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले ०७३ मंसिर १२ गते जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो । अदालतले अभियुक्त भुजेलसँग सम्पत्ति नरहेको भन्दै बालिकालाई ५० हजार रुपैयाँ राज्यबाट क्षतिपूर्ति दिन पनि भनेको छ ।
तपाइँको प्रतिक्रिया ।