प्याब्सोक जुनियर अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि पायोनियरलाइ

प्याब्सोक जुनियर अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि पायोनियरलाइ

कपन अनलाइन

काठमाडौं,माघ १८ ।

प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेशन (प्याब्सोक)ले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ स्थित पुष्पलाल मेमोरियल स्कुलमा आयोजना गरेको जुनियर अंग्रेजी हिज्जे प्रतियोगिताको फाइनलमा पायोनियर पब्लिक स्कुल प्रथम भएको छ।

प्याब्सोक लामो समयदेखि  आफ्नो  बार्षिक क्यालेन्डर अनुसार बिद्यालय स्तरमा विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको र जुनियर स्तरमा केहि पनि प्रतियोगिता नभएको हुँदा जुनियर बिद्यालयस्तरको अंग्रेजी हिज्जे प्रतियोगितालाइ पनि समाबेश गरेको पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल एबम प्याब्सोकका कोषाध्यक्ष  राजन श्रेष्ठले बताए। उनले अतिरिक्त क्रियाकलाप अन्तर्गत  संचालित यस्ता कार्यक्रमले विद्यार्थीहरूमा शाब्दिक ज्ञानको अभिवृद्धि गराउन सहयोगी हुने उदेश्य सहित  प्याब्सोकले  प्रतियोगिता आयोजना गरेको बताए ।

उनले अंग्रेजी हिज्जे प्रतियोगितामा  बिभिन्न बिद्यालयमा अध्ययन गर्ने कक्षा ३ ,४ र ५ का १७ वटा विद्यालयका बिद्यार्थीहरुलाई समाबेश गरिएको बताए । उनका अनुसार १७ वटा बिद्यालय बाट पनि तीन चरणमा प्रतियोगिता गरेको र  त्यो तीन चरणबाट उत्कृष्ठ २ लाइ अर्को चरणमा समाबेश गरिएको थियो ।

आज सम्पन्न भएको अंग्रेजी हिज्जे प्रतियोगिताको प्रथम दितीय,तृतीय स्थान हासिल गर्ने र सहभागी विद्यालयलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ ।

फाइनलमा प्रथम पायोनियर पब्लिक स्कुल भएको थियो भने दितीय त्रिनेत्र स्कुल भयो त्यसै गरी सन साइन स्कुल तृतीय भएको थियो। उक्त प्रतियोगितमा प्रथम दितीय र तृतीय  स्थान हासिल गर्नेलाइ  मेडल ट्रफी, मेडल प्रमाण पत्र सहित नगद रु क्रमश  ३ हजार ,२१ सय र १५ सय दिएको थियो। उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा भोजकुमार धमला, राजन श्रेष्ठ र हिज्जे मास्टरमा यम पुरी रहेका थिए ।

उक्त पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ जिल्ला नेसनल प्याब्सन का अध्यक्ष बिष्णुप्रसाद पराजुली रहेका थिए भने अतिथिहरुमा विभिन्न बिद्यालयका प्रिन्सिपल ,र प्याब्सोकका पदाधिकारी, सहभागी बिद्यालयका प्रतिनिधि र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सभाध्यक्षता   नेसनल  प्याब्सन काठमाडौंका सहसचिब तथा कान्तिपुर एकेडेमीका प्रिन्सिपल बाल कुमार गुरुङले गरेका थिए भने कार्यक्रम संचालन एनप्याब्सन संचार बिभाग प्रमुख  गेहेन्द्र लामाले गरेका थिए। कार्यक्रममा प्याब्सोकका कोषाध्यक्ष राजन श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अथिति काठमाडौँ जिल्ला नेसनल प्याब्सन का अध्यक्ष बिष्णुप्रसाद पराजुलीले  विद्यालयका शैक्षिक क्रियाकलापमा पनि अतिरिक्त क्रियाकलापको भुमिका महत्वपूर्ण रहेको बताउदै शारिरीक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खेलकुद, चेतनामुलक तथा नैतिकता संबन्धिका विषयबस्तु आवश्यक रहने बताएका थिए। उनले  अतिरिक्त क्रियाकलापले  विद्यार्थीलाई शारिरीक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पुर्ण बनाउनठुलो सहयोग पुग्ने बताएका थिए ।उनले थप्दै अतिरिक्त क्रियाकलाप मध्ये हिज्जे प्रतियोगिताले विद्यार्थीहरूमा शाब्दिक ज्ञानको अभिवृद्धि गराउन सहयोगी भूमिका खेल्ने बताएका थिए ।उनले आयोजक लाइ धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

प्याब्सोकले  फाल्गुन ७ र ८ गते फुट्सल प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।