गाईपालनबाट मासिक एक लाख आम्दानी

गाईपालनबाट मासिक एक लाख आम्दानी

कपन अनलाइन 

पाल्पा, १८ माघ । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनेका छन । गैरेले गाईपालन व्यवसायबाट मासिक रु एक लाख आम्दानी गर्दै आएका छन । हाल उहाँसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्दै आएका छन् ।

गैरे पूर्व माओवादी लडाकू हुन् । उनले स्वेच्छिक अवकाशका क्रममा प्राप्त गरेका रु पाँच लाख रकमबाट अर्गलीमा गाईपालन गर्न थालेका हुन्। पाँच वर्षको अवधिमा रु १५ लाखभन्दा बढी लगानी गरिसकेको गैरेले बताए ।

तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गर्नुभएको छ । दुई रोपनीमा गाई फार्म तथा अन्य जमिनमा उनले घाँसखेती गर्दै आएका छन । उनले वार्षिक रु ३६ हजार भाडा तिर्नुहुन्छ । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।